इटालियन सिरी ए

मिलानको अग्रता कायमै

मिलान । फियोरेन्टिनालाई १-० ले पराजित  गर्दै एसी मिलान ११ वर्षपछि पहिलो पटक इटालियन सिरी ‘ए’ को उपाधि संघारमा पुगेको छ ।

फियोरेन्टिलाई हराएसँगै मिलानले दोस्रो स्थानको इन्टर मिलानलाई पाँच अंकले पछि पारेको थियो । तर इन्टरले शीर्ष स्थानको मिलानमाथि दबाब कायम राख्ने क्रममा युडिनेसीलाई २-१ ले पराजित गर्दै  सो दुरी  दुई अंकमा झारेको हो ।

मिलान ३५ खेलमा ७७ अंकका साथ शीर्ष स्थानमा छ भने दोस्रो स्थानको इन्टरको समान खेलमा ७५ अंक रहेको छ । 

खेल सकिन आठ मिनेट बाँकी रहँदा राफेल लियोले गरेको गोल मिलानको जितका लागि पर्याप्त बन्यो । जारी सिजन सिरी ‘ए’ मा लियोको यो १०औं गोल हो ।

लिगमा बाँकी रहेको तीन खेलमा सात अंक मात्र जोड्न सके मिलान सन् २०११ पछि पहिलो पटक सिरी ए च्याम्पियन हुनेछ ।