स्पेनिस ला लिगा

रियाल मड्रिड ३५औं पटक ला लिगा च्याम्पियन

काठमाडौं । इस्पान्याेलमाथि ४–० को सहज जित निकालेसँगै रियाल मड्रिडले ३५औं स्पेनिस लालिगाको उपाधि जितेको छ । 

घरेलु मैदानमा रियाललाई चार खेल अगावै च्याम्पियन बनाउन रोड्रिगोले दुई गोल गर्दा मार्को एसेन्सियो तथा करिम बेन्जेमाले एक/एक गोल गरे । 

रियालले खेलको ३३औं मिनेटमा रोड्रिगोको गोलमा अग्रता लिएको थियाे । यस्तै, ४३औं मिनेटमा रोड्रिगोले नै गोल गर्दै रियालकाे अग्रता दोब्बर पारे ।

खेलको ५५औं मिनेटमा एसेन्सियोले तेस्रो गोल बेन्जेमाले ८१औं मिनेटमा चौथो गाेल गरेसँगै रियालले ३५औं ला लिगा सुनिश्चित गर्याे ।

चार खेल अगावै च्याम्पियन बनेको लिग लिडर मड्रिड ३४ खेलमा ८१ अंक जोडेकाे छ । दोस्रो स्थानको सेभियाको ६४ अंक छ भने ६३ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा छ ।