आइपिएल

गुजरातको आठौं जित

मुम्बई । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शनिबारको पहिलो खेलमा रोयल गुजरात टाइटन्सले च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गरेको छ ।

बैंगलोरले दिएको एक सय ७१ रनको लक्ष्य गुजरातले १९.३ ओभरमा चार विकेट गुमाएर भेट्टायो ।

गुजरातको जितमा राहुल तेवातियाले सर्वाधिक ४३ रन बनाए । यसबाहेक, डेभिड मिलरले ३९, सुभमन गिलले ३१, रिद्धिमान साहाले २९ र साइ सुदर्शनले २० रन बनाए ।

बैंगलोरका साहबाज अहमेद र वनिन्दु हसरंगाले समान दुई विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङमा आएको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ७० रनको योगफल तयार गरेको थियो ।

बैंगलोरबाट विराट कोहली र रजत पटिदरले अर्धशतकीय इनिङ खेलेका थिए । ५३ बलमा ६ चौका र एक छक्कासहित ५८ रन बनाएको कोहलीको यो सिजनको पहिलो अर्धशतक हो । यस्तै, रजतले ३२ बलमा पाँच चौका र दुई छक्कासहित ५२ रन बनाउँदा ग्लेन म्याक्सवेलले ३३ रन जोडेका थिए ।

गुजरातका प्रदीपन संगवनले दुई विकेट लिँदा मोहम्मद सामी, अल्जारी जोसेफ, राशिद खान र लकी फर्गुसनले समान एक विकेट लिए ।

गुजरातको यो आठौं जित हो । लिगको शीर्ष स्थानमा रहेको गुजरातले ९ खेलबाट १६ अंक जोडेको छ । यस्तै, १० खेलबाट १० अंक जोडेको बैंगलोर तालिकाको पाँचौ स्थानमा छ ।