एन्फा चुनाव

रेफ्री संघको अध्यक्षमा बुद्दिबहादुर गुरुङ निर्विरोध

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को रेफ्री संघको अध्यक्षमा बुद्दिबहादुर गुरुङ निर्विरोध चयन भएका छन् ।

संघको उपाध्यक्षमा श्रीराम रञ्जितकार, विनोद केसी र मघुसुदन खनान निर्वाचित भए । यस्तै, शैलेश जोसी, विरेन्द्रबहादुर पाण्डे, नविन्द्र महर्जन, श्रवणकुमार तामाङ, प्रकाशनाथ श्रेष्ठ, प्रदीपकुमार बस्नेत, शुक्र तामाङ र सन्तोष श्रेष्ठ संघको सदस्यमा निर्वाचित भए । कल्पना शर्मा महिला सदस्यमा निर्वाचित भइन् ।

नयाँ कार्यसमितिका सबै सदस्य निर्विरोध चयन भएका हुन् । नव निर्वाचित कार्यसमितिलाई एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले प्रशंसा पत्र हस्तान्तरण गरे ।

एन्फाको केन्द्रिय निर्वाचन असार ६ गते हुने तय भएको छ ।

एन्फाको केन्द्रिय निर्वाचनमा ४८ वटामध्ये ४५ वटा जिल्ला संघ मताधिकार प्राप्त छन् । १४ वटा ए डिभिजन क्लब, १४ मध्ये ११ बी डिभिजन क्लब र १४ मध्ये ९ वटा सी डिभिजन लिगका क्लब, खेलाडी संघ, प्रशिक्षक संघ, महिला र रेफ्री संघ र राष्ट्रिय लिगका लागि छनोट भएर दुई वर्षदेखि खेल्न नपाइरहेका मोफसलका चार क्लबले भोट हाल्न पाउनेछन् ।