चेल्सी

रुडिगरले चेल्सी छोड्ने

लन्डन । सम्झौता नविकरण हुन नसकेपछि इङ्लिस क्लब चेल्सीका रक्षक एन्टोनियो रुडिगर सिजनको अन्त्यसँगै क्लब छोड्ने भएका छन् ।

जर्मनीका २९ वर्षीय रुडिगरलाई चेल्सीले प्रतिसाता दुई लाख पाउण्डभन्दा धेरैको नयाँ सम्झौताको प्रस्ताव गरेको थियो । जसले रुडिगर चेल्सीको इतिहासमा सबैभन्दा महंगा रक्षक बन्थे ।

तर, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले एजेन्टको शुल्कका कारण रुडिगर र क्लबबीच सम्झौता नविकरण हुन नसकेको जनाएका छन् । हाल रुडिगर स्पेनिस क्लबसँग निकै नजिक छन् ।

रुसी मालिक रोमन अब्रामोभिचमाथि प्रतिबन्ध लागेसँगै चेल्सीको आर्थिक अवस्था स्थिर छैन । रुसले युक्रेनमाथि सैन्य कारवाही अघि बढाएसँगै बेलायत सरकारले रुसी अर्वपती अब्रामोभिचको सम्पतिमाथि रोक्का लगाएको थियो । जुन अझै जारी छ ।