काठमाडाैं जिल्ला फुटबल

काठमाडौं जिल्ला फुटबलले बनायो २३ सदस्यीय पूर्ण कार्यसमिति

काठमाडौं । जिल्ला फुटबल संघ काठमाडौंले दुई प्रशिक्षक र एक फिजियोलाई थप्दै २३ सदस्यीय पूर्ण कार्यसमिति बनाएको छ ।

अध्यक्ष विराटजंग शाहीसहित १५ सदस्यीय कार्यसमितिको बैठकले आइतबार थप पाँच सदस्य मनोनित गर्दा दुई प्रशिक्षक र एक फिजियो चयन गरेको हो ।

सदस्यहरुमा रजतप्रताप राणा, आकाश गुरुङ, रविन्द्र सिलाकार, शरदकुमार आले र इशु गुरुङ मनोनित हुँदा प्रशिक्षकमा देवेन्द्रजंग शाही र विनोद महर्जन चयन भए । यस्तै, संघले फिजियोमा डा. राजु दाहाललाई चयन गरेको छ ।

यसअघि वैशाख नौ गते भएको निर्वाचनमा विराटजंग शाहीको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन भएको थियो ।