एन्फा पाँचथर

जिल्ला फुटबल संघ पाँचथरको अध्यक्षमा राई निर्वाचित

काठमाडौं । जिल्ला फुटबल संघ पाँचथरको आगमी चार वर्षे कार्यकालका लागि अध्यक्षमा गणेश बहादुर राई निर्वाचित भएका हुन् । अखिल नेपाल फुटबल संघको विधानअनुसार शनिबार भएको चुनावमा अध्यक्ष पदका अर्का प्रत्यासी विमल श्रेष्ठलाई ५ मतले पराजित गर्दै राई अध्यक्ष चुनिएका हुन् ।

यस्तै, उपाध्यक्षमा शिव कुमार लावती, युन्छोकहाङ तुम्बापो र सागर नेम्बाङ निर्वाचित हुँदा महिला सदस्यमा सम्झना राई निर्विरोध चयन भइन् । यस्तै सदस्यमा अनिल थाम्सुहाङ, कमल लावती, कविरमान तुम्बापो, जर्ग बहादुर लावती, प्रेमराज चेम्जोङ, कुवेर आङ्देम्बे, बाल कुमार थापा मगर र श्याम गुरुङ निर्वाचित भए । झापा लिल्ला फुटबल संघका अध्यक्ष तथा एन्फाका केन्द्रीय पर्यवेक्षक भगिरथ आलेको पर्यवेक्षणमा चुनावी साधारण सभा सम्पन्न भएको थियो ।