एन्फा निर्वाचन

धनकुटा जिल्ला फुटबल संघको अध्यक्षमा मणिकुमार निर्वाचित

धनकुटा । धनकुटा जिल्ला फुटबल संघको अध्यक्षमा मणिकुमार चेम्जोङ निर्वाचित भएका छन् ।

शुक्रबार सम्पन्न जिल्ला निर्वाचनमा १० मत प्राप्त गर्दै मणिकुमार अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष पदका अर्का उमेद्वार दिवन श्रेष्ठले ६ मत प्राप्त गरेको एन्फाका पर्यवेक्षक तथा भोजपुर जिल्ला फुटबल संघका अध्यक्ष प्रविण सुवालले खेलाडीलाई जानकारी दिए ।

यस्तै, उपाध्यक्षमा पदमबहादुर श्रेष्ठ, मनिसोर तामाङ र मणि देवान निर्वाचित भए । उपाध्यक्षमा चार जनाको उम्मेद्वारी परेको थियो । जसमा पदमले ११, मनिसोरले १४ र मणिले ९ मत ल्याइ निर्वाचित हुँदा रत्नेश राईले भने ६ मत प्राप्त गरे ।

यस्तै, सदस्यहरुमा रुपेश श्रेष्ठ, सवाल राई, शम्भु प्रधान, विशालकुमार लिम्बु, शिखर श्रेष्ठ, श्यामबहादुर चेम्जोङ, आशिष राई, राम राई, सुरेश गुरुङ र उमेश राई निर्वाचित भए । सदस्य पदका लागि १३ जनाको उम्मेद्वारी परेको थियो जसमध्ये १० जना निर्वाचित भए ।