१९औं एसियाली खेलकुद

१९औं एसियन खेलकुदमा नेपालले २३ खेलमा प्रतिस्पर्धा गर्ने

काठमाडौं । १९औं एसियाली खेलकुदमा नेपालले २३ वटा खेलमा प्रतिस्पर्धा गर्ने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) काे शुक्रबार बाेर्ड बैठकले नेपालले १९औं एसियाली खेलकुदमा २३ वटा खेलमा सहभागिता जनाउने निर्णय गरेकाे हाे । राखेपकाे बाेर्ड बैठक तीन वर्षपछि बसेकाे हाे ।

नेपालले तेक्वान्दो, कराते, बक्सिङ, एथ्लेटिक्स, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, महिला कबड्डी, फेन्सीङ, महिला ह्यान्डबल, टेबल टेनिस, महिला भलिबल, पुरुष क्रिकेट, ब्याडमिन्टन र सुटिङमा सहभागिता जनाउने राखेपले जनाएको छ ।

राखेपकाअनुसार २३ वटा खेलमा नेपालबाट एक सय ५० खेलाडी, २८ प्रशिक्षक र २० जना व्यवस्थापक सहभागी हुनेछन् ।