एन्फा निर्वाचन

पाल्पा जिल्ला फुटबल संघको अध्यक्षमा राणा निर्वाचित

तानेसन । पाल्पा जिल्ला फुटबल संघको अध्यक्षमा प्रणय विरजंग राणा निर्वाचित भएका छन् ।

शुक्रबार सम्पन्न जिल्ला निर्वाचनमा नौ ल्याउदै राणा अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्ष पदका अर्का उमेद्वार मनोहर थापाले पाँच मत प्राप्त गरे ।

यस्तै, उपाध्यक्षमा मनोजमान लिगल, प्रज्वल उदय र कृष्ण सारुमगर निर्वाचित भए । उपाध्यक्षमा चार जनाको उम्मेद्वारी परेको थियो । जसमा मनोज, प्रज्वल र कृष्णले समान नौ मत प्राप्त गरी निर्वाचित हुँदा अच्युत खनालले ६ मत मात्र पाए ।

यस्तै, सदस्यहरुमा युकी गाहा, दीपेन्द्र खनाल, अनिस श्रेष्ठ, कृष्णबहादुर वाकावल, सुलभ कार्की, सुरज सारु, हरिबहादुर ज्ञवाली, दलबहादुर रास्कोटी, युवराज चिदी, अमृतबहादुर राना, सुजन थापा निर्वाचित भए । सदस्य पदका लागि १६ जनाको उम्मेद्वारी परेको थियो जसमध्ये ११ जना निर्वाचित भए ।