एन्फा चुनाव

धनुषा जिल्ला फुटबलमा मुखिया निर्विरोध

जनकपुर । धनुषा जिल्ला फुटबल संघको अध्यक्षमा रामकेवल मुखिया निर्विरोध चयन भएका छन् ।

शुक्रबार सम्पन्न साधारण सभाको बैठकले अध्यक्ष, उपाध्यक्ष र महिला सदस्य निर्विरोध चयन गर्दा बाँकी सदस्यहरुमा भने निर्वाचन भएको थियो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा निरञ्जन अधिकारी, कल्याण खड्का र राजदेव साह निर्विरोध चयन भए ।

यस्तै, सदस्यहरुमध्ये महिला सदस्य अनिता तामाङ निर्विरोध चयन भएका थिए । यसबाहेक बाँकी १० सदस्य पदका लागि भने ११ जनाको उम्मेद्वारी परेको थियो । जसबाट रामललित राउत, तपेश्वर राउत, सञ्जय मण्डल, सन्तोषकुमार सिंह, योगेन्द्र यादव, ज्ञानबहादुर स्याङ्बो, सञ्जय कुमार स्याङ्बो, सञ्जय मण्डल, रामकुमार लामा र नरेशकुमार सिंह निर्वाचित भए ।