मंसिर ४, २०८२ बिहीबार | १०:००:४७
नेपाल फिफा वरीयतामा खस्कियो एनपिएलः चितवनविरुद्ध लुम्बिनीलाई सुखद सुरुआतको दबाब एनपिएलमा सट्टेबाजी गराउन खोज्ने दुई पक्राउ हर्मितको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिमको रोमाञ्चक जित, काठमाडौंको पहिलो हार पावरप्लेमा काठमाडौंले जोड्यो ५० रन हर्मितको अर्धशतकमा काठमाडौंलाई सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य अर्धशतक प्रहार गर्दै पवेलियन फर्किए हर्मित सिंह सुदूरपश्चिमको शीर्षक्रम धरासायी, पावरप्लेमा गुमायो ४ विकेट सुदूरपश्चिमलाई सुरुमै झट्का, काठमाडौंका करणले लिए पहिलो ओभरमै दुई विकेट ‘फुटबलको सुनिश्चिताका लागि’ खेलाडीपछि अब क्लब पनि धर्ना बस्दै नेपाल फिफा वरीयतामा खस्कियो एनपिएलः चितवनविरुद्ध लुम्बिनीलाई सुखद सुरुआतको दबाब एनपिएलमा सट्टेबाजी गराउन खोज्ने दुई पक्राउ हर्मितको अलराउन्ड प्रदर्शनमा सुदूरपश्चिमको रोमाञ्चक जित, काठमाडौंको पहिलो हार पावरप्लेमा काठमाडौंले जोड्यो ५० रन हर्मितको अर्धशतकमा काठमाडौंलाई सुदूरपश्चिमको प्रतिस्पर्धात्मक लक्ष्य अर्धशतक प्रहार गर्दै पवेलियन फर्किए हर्मित सिंह सुदूरपश्चिमको शीर्षक्रम धरासायी, पावरप्लेमा गुमायो ४ विकेट सुदूरपश्चिमलाई सुरुमै झट्का, काठमाडौंका करणले लिए पहिलो ओभरमै दुई विकेट ‘फुटबलको सुनिश्चिताका लागि’ खेलाडीपछि अब क्लब पनि धर्ना बस्दै
शनिबारको दिन एन्फा चुनाव

एन्फा चुनाव: कस्को पल्लाभारी ?

नेपाली खेलकुदमा सबैभन्दा लोकप्रिय, सम्पन्न र चलायमान खेल हो फुटबल । त्यसकारण सबैभन्दा प्रभावशाली र चासो भएको खेल पनि यही हो । स्वाभाविक छ, लोकप्रिय, सम्पन्न, प्रभावशाली र चासोमा अगाडि भएपछि आन्तरिक शक्तिसंघर्ष, षडयन्त्र र राजनीति पनि यही खेलमा हुन्छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) अहिले चुनावको मुखमा छ । असार ६ मा हुने तय भएको निर्वाचनबाट नेपाली फुटबलको सर्वोच्च निकायले आगामी चार वर्षका लागि नेतृत्व प्राप्त गर्नेछ । एन्फाको केन्द्रीय निर्वाचनका लागि प्रतिनिधि चयन गर्ने विभिन्न श्रेणीका क्लब तथा सदस्य जिल्ला फुटबल संघमा अहिले चुनावको चटारो छ ।

दुवैले अध्यक्षमा उम्मेदवारी दिँदा पूरा प्यानलसहित चुनावी मैदानमा उत्रने तयारी जोडतोडका साथ गरिरहेका छन् । क्लब तथा जिल्लामा आ–आफ्ना प्यानलका प्रतिनिधि जिताउन शेर्पा र नेम्वाङ पक्ष कम्मर कसेर लागेका छन् ।

वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ आगामी कार्यकालका लागि अध्यक्ष पदका प्रत्याशी हुन् ।

दुवैले अध्यक्षमा उम्मेदवारी दिँदा पूरा प्यानलसहित चुनावी मैदानमा उत्रने तयारी जोडतोडका साथ गरिरहेका छन् । क्लब तथा जिल्लामा आ–आफ्ना प्यानलका प्रतिनिधि जिताउन शेर्पा र नेम्वाङ पक्ष कम्मर कसेर लागेका छन् ।

एन्फाको केन्द्रीय निर्वाचनमा कुल ८७ मत छन् । विधानअनुसार शीर्ष डिभिजनका १४ क्लबसँग मताधिकार छ । यसैगरी ‘बी’ डिभिजनका १४ मध्ये ११ क्लबले मताधिकार पाउँछन् भने ‘सी’ डिभिजनमा १४ मध्ये ९ क्लबले मताधिकार पाउँछन् । यसैगरी एन्फाका ४८ सदस्य जिल्ला संघमध्ये ४५ सँग मताधिकार छ । राष्ट्रिय लिगका लागि छनोट भएर पनि तीन वर्षदेखि खेल्न नपाएका मोफसलका चार क्लब तथा खेलाडी संघ, प्रशिक्षक संघ, रेफ्री संघ र महिला संघसँग पनि मताधिकार छ ।

यस्तोमा देशकै प्रभावशाली खेल संघको चुनावबारे स्वाभाविक रूपमा सार्वजनिक चासो र चर्चा छ । ‘कस्ले जित्ला त एन्फाको आसन्न निर्वाचन ?’

अझैसम्म सबै जिल्ला संघको निर्वाचन सम्पन्न भइसकेको छैन । क्लबहरूले मताधिकारप्राप्त प्रतिनिधि तोकिसकेका छैनन् । प्रदेश एकका ११ जिल्लामध्ये मताधिकार पाउने १० तथा गण्डकी प्रदेशका आठमध्ये मताधिकार पाउने ६ जिल्लाको चयन भइसकेको छैन । रेफ्री, महिला र खेलाडी संघको चुनाव बाँकी नै छ ।

त्यसमाथि नेपाली फुटबलमा अन्तिम रातमा पुगेपछि चुनावी माहोल उल्टिएको इतिहास ताजै छ । फेरि आफैं अध्यक्षको प्रत्याशीका रूपमा नरहे पनि पूर्वअध्यक्ष गणेश थापा र मानार्थ अध्यक्ष टासी घलेको सक्रियताले पनि चुनाव प्रभावित गर्ने नै छ । हाल फिफाको निलम्बनमा रहेका पूर्वअध्यक्ष थापाको सदाशयता नेम्वाङतिर ढल्कने सामाजिक सञ्जालमा उनले गरेका पोस्टहरूबाट बुझ्न कठिन छैन । यसैगरी नयाँ नेतृत्वको खोजी गरिरहेको बताउने घलेको आशीर्वाद शेर्पाले पाउने सम्भावना बलियो रहेको जानकारहरू बताउँछन् । थापा घोषित रूपमा कसैको पक्षमा उभिने अवस्थामा छैनन् भने घलेले पनि आफ्नो पत्ता सार्वजनिक गरिसकेका छैनन् ।

अहिलेसम्म चयन भएका मतदाता र तिनले देखाएको झुकावका आधारमा अहिलेसम्म नेम्वाङको पल्ला भारी देखिएको दाबी छ । जककि बाँकी जिल्लाहरूमा आफ्नो पकड बलियो रहेको र त्यहाँबाट निर्वाचन उल्टाउनेमा शेर्पा पक्ष आशावादी छ ।

त्यसैले अहिल्यै आगामी कार्यकालको नेतृत्व कस्ले हत्याउला भन्ने प्रश्नको उत्तर खोज्नु हतार हुनसक्छ । तर ‘बी’ र ‘सी’ डिभिजनबाट मताधिकार प्राप्त क्लबको चयन भइसकेको छ भने प्रशिक्षक संघको निर्वाचन पनि सम्पन्न भइसकेको छ । यसैगरी ४८ मध्ये ३२ जिल्लाको निर्वाचन नतिजा आइसकेको छ ।

अहिलेसम्म चयन भएका मतदाता र तिनले देखाएको झुकावका आधारमा अहिलेसम्म नेम्वाङको पल्ला भारी देखिएको दाबी छ । जककि बाँकी जिल्लाहरूमा आफ्नो पकड बलियो रहेको र त्यहाँबाट निर्वाचन उल्टाउनेमा शेर्पा पक्ष आशावादी छ ।

‘अहिले पनि भनिएजस्तो होइन । अहिलेसम्म निर्णय भइसकेका मताधिकारप्राप्त प्रतिनिधिकै आधारमा पनि हामी प्रस्ट बहुमतमा छौं । हामी बलियो भएका जिल्लाहरूमा चुनाव बाँकी छन्,’ शेर्पा पक्षका एक वरिष्ठ पदाधिकारीले खेलाडीसँग भने, ‘हामीले यो चारवर्षे कार्यकालमा नेपाली फुटबललाई धेरै पक्षबाट व्यवस्थित बनाउने प्रयास गरेका छौं । तर कोभिड महामारीका कारण सुरु गरेका सबै काम सम्पन्न गर्न पाएका छैनौं । हामीले आफ्ना कार्यक्रमहरूमार्फत योजनाहरू प्रस्ट पारिसकेका छौं । त्यसैले वर्तमान नेतृत्वले नै अर्को कार्यकाल पनि चलाउनुपर्छ भन्ने पक्षको बहुमत छ ।’

जानकारहरूका अनुसार ‘सी’ डिभिजनमा ९ मध्ये ८ मत नेम्वाङको पक्षमा देखिएका छन् । ‘बी’ डिभिजनमा ११ मध्ये दुवै पक्षमा पाँच/पाँच क्लब बाँडिएका छन् । बाँकी एक क्लब हालसम्म तटस्ठ रहेको दाबी गरिँदै आएको छ । शीर्ष डिभिजनका क्लबबीच पनि नेम्वाङ पक्षको पल्ला भारी हुने दाबी छ । यसैगरी अहिलेसम्म निर्वाचन सम्पन्न भएका ३५ मध्ये नेम्वाङको पक्षमा २० तथा शेर्पाको पक्षमा १५ जिल्लाको नेतृत्व चयन भएको दाबी गरिएको छ ।

वरिष्ठ उपाध्यक्ष नेम्वाङ पक्ष भने आफूहरूले चुनाव जितिसकेको दाबी गर्छ । ‘अहिलेसम्म भएको चुनावको परिणामअनुसार हामीले जित्ने निश्चित भइसक्यो । पछिल्लो चार वर्ष नेतृत्वले एन्फा सञ्चालन गरेको एकांकी तरिकाबाट सबै आजित भइसकेका छन् । बाँकी रहेका जिल्लामा पनि परिवर्तनको पक्षमा नतिजा आउने पक्का छ,’ नेम्वाङ पक्षका एक पदाधिकारीले खेलाडीसँग भने ।

जानकारहरूका अनुसार ‘सी’ डिभिजनमा ९ मध्ये ८ मत नेम्वाङको पक्षमा देखिएका छन् । ‘बी’ डिभिजनमा ११ मध्ये दुवै पक्षमा पाँच/पाँच क्लब बाँडिएका छन् । बाँकी एक क्लब हालसम्म तटस्ठ रहेको दाबी गरिँदै आएको छ । शीर्ष डिभिजनका क्लबबीच पनि नेम्वाङ पक्षको पल्ला भारी हुने दाबी छ । यसैगरी अहिलेसम्म निर्वाचन सम्पन्न भएका ३५ मध्ये नेम्वाङको पक्षमा २० तथा शेर्पाको पक्षमा १५ जिल्लाको नेतृत्व चयन भएको दाबी गरिएको छ ।

जिल्ला फुटबल संघहरूको निर्वाचनका लागि एन्फाले तोकेको समयसीमा आज शनिबार सकिँदै छ । शनिबार अन्तिम दिन १३ जिल्लाको चुनाव हुनेछ ।