चेल्सी

हारपछि ह्यासलबेकले गरे चेल्सीका चार खेलाडीको आलोचना

लन्डन । इङ्लिस प्रिमियर लिगमा आर्सनलसँग पराजित भएपछि चेल्सीका पूर्व स्ट्राइकर जिमी फ्लोड ह्यासलबेकले बुधबार रोमेलु लुकाकु, मलंग सार, एन्ड्रिस क्रिस्टेन्सेन र मार्कोस अलोन्सोको प्रदर्शनप्रति आलोचना गरेका छन् ।

बुधबार चेल्सीले घरेलु मैदान स्टामफोर्ड ब्रिजमा आर्सनलसँग ४–२ को अप्रत्यासित हार बेहोरेको थियो ।

‘लुकाकु, क्रिस्टेन्स, सार र अलोन्सो यी चार खेलाडीले चेल्सीबाट अपेक्षित प्रदर्शन गर्न सकिरहेका छैनन्’, ह्यासलबेकले भने, ‘यसैकारण चेल्सीले प्रिमियर लिगको उपाधि जित्नु चुनौतीपूर्ण बनिरहेको छ । चेल्सी शीर्ष स्थानका उक्लिन नसके पनि उनीहरु अझै आफ्नो प्रतिष्ठाको लागि खेलिरहेका छन् भन्ने बिर्सिनु हुँदैन ।’

बुधबार आर्सनलसँगको खेलमा ६० मिनेट मैदानमा बिताएका लुकाकुले २२ पटक बल छोएका थिए । लुकाकुको कुनै पनि प्रहार ‘टार्गेट’ मा थिएन । यस्तै, क्रिस्टेन्सेनकै गल्तिमा आर्सनलले पहिलो गोल गरेको थियो ।

एन्टोनियो रुडिगरको अनुपस्थितीमा मौका पाएका सार र अलोन्सोले आर्सनलविरुद्ध चेल्सीको ‘डिफेन्सिभ जोन’ सम्हालेका थिए ।