नेपाली क्रिकेट

यु १९ महिला विश्वकप छनोटका लागि ४४ खेलाडी प्रारम्भिक प्रशिक्षणमा

काठमाडौं । यु १९ महिला विश्वकप क्वालिफायर्सका लागि नेपाल क्रिकेट संघ (क्यान) ले प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा ४४ खेलाडीलाई डाकेको छ ।

क्यानले बिहीबार विश्वकप छनोट खेल्ने टिम चयनका लागि ४४ खेलाडीलाई प्रारम्भिक प्रशिक्षणमा बोलाएको हो । प्रशिक्षण वैशाख १० गतेदेखि पोखरामा हुने क्यानले जनाएको छ ।

यस्तै, क्यानले खेलाडीहरुलाई प्रशिक्षणमा उपस्थित हुँदा उमेर खुलाउने सक्कली प्रमाणपत्र ल्याउन समेत आग्रह गरेको छ ।

प्रारम्भिक प्रशिक्षणमा डाकिएका खेलाडीः 

हेलिसा गुरुङ, किरनकुमारी कुँवर, तृष्णा विश्वकर्मा, अनु कडायत, सावित्रा धामी, आश्मा पुलामी मगर, जिज्ञाशा थापा, रन्जु श्रेष्ठ, साना प्रविन, यसोदा बिष्ट, अलिशा यादव, विमला मलाहा, अलिशाकुमारी खडाया, हिराणमयी रोय, स्नेहा महरा, मनिषा उपाध्याय, विना थापा, अन्जली थापा, मनिषा चौधरी, विपिसा मरासिनी, कुसुम गोदर, यसु पाण्डे, ज्योती दनवार, मधु राउत, श्रीमी सिंह थारु, भवनी कमाती, सोनी पाख्रिन, प्रिया मलाहा, सोनिया थापा, मनिषा रानामगर, दीक्षा पुरी, नितु जिटी, सुस्मिता भुसाल, सलिना सिलवाल, प्रतिमा साह, स्वस्तिका बजगाई, सृष्टी जैसी, अन्जली साह, क्रितिका मरासिनी, निसा साह, आङपेम्ब लिम्बु शेर्पा, टिका साह र प्रज्ञा कटवाल छन् ।