वैशाख २६, २०८२ शुक्रबार | ०९:२२:२३
म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता काठमाडौं सेमिफाइनलमा म्यानचेस्टर युनाइटेड फाइनलमा सुरक्षाको कारण देखाउँदै पञ्जाव र दिल्लीबीचको खेल रद्द गोदावरी र ललितपुरले अंक बाँडे गौरीगंगालाई उपाधि पुरुषोत्तम सिलवाल र आशिष फुयाललाई अग्रता निरञ्जन अधिकारीको नेतृत्वमा एनएसजेएफ नयाँ कार्यसमिति चयन एसियन बक्सिङमा सात नेपाली खेलाडी बराबरीमा रोकिए प्लानिङ ब्वाइज र श्री भगवती राष्ट्रिय महिला फुटबल टाेलीकाे प्रशिक्षकमा राजेन्द्र तामाङकै निरन्तरता काठमाडौं सेमिफाइनलमा

बक्सिङ संघ निष्क्रिय बन्दा पदाधिकारी निराश

काठमाडौं । नेपाल बक्सिङ संघका केन्द्रीय सदस्य ओमनारायण श्रेष्ठ अचेल आफैंसँग निराश छन् । कारण, उनी आफैंले खेलेको, सबैभन्दा बढी माया गरेको र आफैं नेतृत्व तहमा रहेको खेलको सर्वोच्च निकाय संघ आशा गरेअनुसार सक्रिय हुन सकेन । भनौं, बक्सिङ संघलाई खेल विकासमा सक्रिय बनाउने अभियानमा उनी आफैंले पनि धेरै योगदान गर्न सकेनन् ।

कोभिड-१९ महामारीका कारण दुई वर्षयता विश्व खेलकुद अपेक्षाकृत रूपमा सक्रिय हुन सकिरहेको छैन । नेपाली खेलकुदको अवस्था पनि त्यो भन्दा धेरै पृथक रहेन । तथापि बितेको वर्ष विश्व खेलकुद बौरिने क्रममा नेपाली खेलकुद पनि निकै चलायमान भयो । फुटबल, क्रिकेट, ब्याडमिन्टन, भलिबललगायतका खेलका प्रतियोगिता भ्याइनभ्याई भयो । यही अनुरुप बक्सिङ संघले पनि अघिल्लो वर्ष कोभिडका कारण गतिविधि गर्न नपाएको झोंक राष्ट्रिय स्तरका प्रतियोगिताको थाक लगाउने अपेक्षा थियो । श्रेष्ठ स्वयंले पनि त्यही ठानेका थिए ।

‘अहिले बक्सिङमा प्रतियोगिताको व्यस्तताका कारण खेलाडीलाई भ्याइनभ्याई हुनुपर्ने हो । तर संघले आफैं कुनै प्रतियोगिता गर्न सकेन । संघभित्र राजनीति निकै हाबी भयो,’ तीन वर्षअघि नेपालमै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण पदक विजेता खेलाडीलाई पुरस्कार प्रादान गर्नेक्रममा श्रेष्ठले गुनासो पोखे ।

सागको तयारी क्रममा बन्द प्रशिक्षणमा रहेका खेलाडीको मनोबल बढाउन श्रेष्ठले स्वर्ण पदक जिते विजेतालाई जनही एक लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेका थिए ।

सागमा नेपालका तर्फबाट मीनु गुरुङ, भूपेन्द्र थापामगर र सनिल शाहीले गरी तीन स्वर्ण पदक जितेका थिए । संघको निस्क्रियताकै कारण प्रतियोगिताअघि नै गरेको घोषणाअनुसार स्वर्णविजेता खेलाडीलाई पुरस्कृत गर्न श्रेष्ठले तीन वर्ष प्रतीक्षा गर्नुपर्यो ।

‘व्यक्तिगत रूपमा खेलाडीलाई भेटेरै पनि त्यो घोषित पुरस्कार दिन सक्थें । तर, संघले आयोजना गर्ने कुनै प्रतियोगिता हुँदा खेलाडीलाई सम्मान गर्न पाए अरूको पनि मनोबल बढथ्यो र देशमा बक्सिङको माहोल फर्काउन मद्दत पुग्थ्यो जस्तो लाग्यो,’ श्रेष्ठले खेलाडीसँग भने, ‘तर, संघले कोभिड महामारीको बहानामा आफैंले कुनै ठूला प्रतियोगिता आयोजना गरेन । संघ विभिन्न संघसंस्थाबाट आयोजना हुने प्रतियोगितामा प्राविधिक सहयोगीको भूमिकामा सीमित भयो ।’

लामो समयसम्म संघले राष्ट्रिय स्तरको प्रतियोगिता गर्न नसक्नुलाई श्रेष्ठ विडम्बना मान्छन् । सागमा पाएको सफलताले समग्र बक्सिङ खेलाडीको हौसला बढे पनि नियमित प्रतियोगिता खेल्न नपाउँदा फर्किन लागेको बक्सिङको माहोल फेरि सुस्ताएको उनको ठम्याइ छ ।

गणेशमान सिंह फाउन्डेसनअन्तर्गत स्पोर्टस कमिटीको आयोजनामा वसन्तपुर डबलीमा जारी वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताले खेलको माहोल फर्काउन योगदान गरिरहेको उनी बताउँछन् । पूर्वघोषित पुरस्कारका लागि उपयुक्त समय कुरिरहेको बताउने श्रेष्ठले जारी उक्त प्रतियोगिताको उद्घाटन समारोहमा साग स्वर्णधारी खेलाडीलाई नगदसहित सम्मानित गरे ।

‘खेलाडीले घोषित रकम प्राप्त गर्न केही ढिलाइ भयो । यसमा मलाई दुःख लागेको छ । तर, मेरो चाहाना संघकै कार्यक्रममा खेलाडीलाई सम्मान गर्ने योजना थियो । त्यो इच्छा पूरा हुन पाएन,’ सदस्य श्रेष्ठले थपे, ‘नेपालमा बक्सिङ खेलको लोकप्रियता कायम छ । क्षमतावान खेलाडी भए पनि संघमा चलेको भागबन्डाको राजनीतिले त्यसलाई कठिन मोडमा पुर्याएको मैले महसुस गरेको छु ।’

अध्यक्ष राम अवालेले बक्सिङ संघलाई विधिसम्मत तरिकाले नचलाएको आरोप लगाउँदै सदस्य श्रेष्ठले अगाडि भने, ‘म पनि कार्यसमितिकै सदस्य हुँ । तर, संस्था राम्रो ढंगमा अघि बढेन भन्न बाध्य छु ।’

उनका अनुसार संघमा परिवारवाद हाबी भएको छ । महासचिव, कोषाध्यक्ष र सदस्यहरूको जानकारीबिनै दूरगामी असर पर्ने निर्णयहरू भइरहेका छन् । संघ पूर्ण रूपमा विभाजित छ । जसले नेपाली बक्सिङ खेलको विकास र खेलाडीको सफलतामा प्रत्यक्ष असर गरेको छ ।

उनले भने, ‘संघ आफैंले कुनै राष्ट्रियस्तरको प्रतियोगिताहरू आयोजना गर्न सकेको छैन । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता नजनाएको होइन । तर खेलाडी छनोटमा मनोमानी गरिएकाले त्यसको खास अर्थ रहेन ।’


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP