स्पेनिस ला लिगा

कार्डिचसँग बार्सिलोना स्तब्ध

मड्रिड । बार्सिलोनाले घरेलु मैदान क्याम्प नोउमा चार दिनको अन्तरमा लगातार दोस्रो हार व्यहोरेको छ । 

स्पेनिस ला लिगाअन्र्तगत सोमबार घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोनाले रेलिगशेनबाट बँच्न संघर्षरत कार्डिचलाई १-०  को नतिजा सुम्पिएको हो । 

बिहीबार बार्सिलोना युरोपा लिग क्वार्टरफाइनल दोस्रो लेगमा जर्मन बुन्डेसलिगा क्लब इन्ट्राच्ट फ्रयांकफर्टसँग निराश भएको थियो । सो हारसँगै बार्सिलोनाको १५ खेलको अपराजित यात्रामा पूर्णविराम लागेको थियो । 

बार्सिलोना ३१ खेलमा ६० अंकसहित दोस्रो स्थानमा यथावत छ । जुन शीर्ष स्थानको रियाल मड्रिड भन्दा १५ अंक कम हो । रियालले आइतबार करिम बेन्जेमाले इन्जुरी समयमा गरेको गोल मद्दतमा सेभियालाई ३-२ ले हराउँदै शीर्ष स्थानको अग्रता फराकिलो पारेको थियो ।

तेस्रो स्थानको सेभिया र चौथो स्थानको एट्लेटिकोको पनि समान ६० अंक छ । यद्धपी बार्सिलानाले अन्य टोली भन्दा एक खेल कम खेलेको छ ।

४७औं मिनेटमा लुकास पेरेजले गरेको गोल कार्डिचको जितमा पर्याप्त बन्यो ।

बार्सिलोनाले बिहीबार ला लिगामा रियाल सोसिडाडको सामना गर्नेछ । कार्डिचले भने एथ्लेटिक बिल्बाओको सामना गर्नेछ ।