कबड्डी

मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता सुरु

धनगढी । मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता सुरु भएको छ । अखिल नेपाल कबड्डी संघको आयोजनामा धनगढीमा राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिता सुरु भएको हो । सुदूरपश्चिम खेलकुद परिषद् मुख्य प्रवर्द्धक रहेको प्रतियोगिता देशकै सर्वाधिक धनराशीको प्रतियोगिता हो ।

पहिलो दिन भएका खेलमा जित हात पार्दै विभागीय टोली नेपाल आर्मी क्लब र सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेका छन् । नेपाल आर्मी र सुदूरपश्चिम प्रदेशले पहिलो दिनका दुवै खेलमा जित हात पार्दै अन्तिम चारमा स्थान बनाएका हुन् । दुवै टोली बीचको खेलको नतिजाले समूह विजेता र उपविजेताको टुंगो लगाउनेछ ।

सोमबार भएको पहिलो खेलमा नेपाल आर्मीले गण्डकी प्रदेशलाई ९१-३२ ले हरायो भने पाँचौ खेलमा कर्णाली प्रदेशलाई ६९-९ ले पराजित गर्यो । तेस्रो खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ६६-२७ ले हराउँदा छैटौं खेलमा गण्डकी प्रदेशलाई ५६-१८ ले हरायो । सोमबार नै भएका खेलमा नेपाल एफिएफ क्लब मधेस प्रदेश पनि विजयी भएका छन् । नेपाल एपिएफ क्लबले लुम्बिनी प्रदेशलाई ५३-२२ ले हरायो भने मधेश प्रदेशले बागमति प्रदेशलाई ३६-२९ ले किनारा लगायो ।

प्रतियोगितामा मंगलबार पनि लिग चरणका खेल हुनेछन् । प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन भइरहेको छ । प्रतियोगिताको विजेताले नगद एक लाख ५० हजार उपविजेताले नगद ८० हजार र सेमिफाइनल पुगेका दुई टोलीले नगद ४० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन् ।