एन्फा

सिरहा जिल्ला फुटबल संघको अध्यक्षमा साह निर्विरोध

लहान । जिल्ला फुटबल संघ सिरहाको नयाँ कार्यकालका लागि अरुण कुमार साहले नै अध्यक्ष पदमा निरन्तरता पाएका छन् । सोमबार भएको जिल्ला फुटबल संघ सिरहाको छैटौं साधारण सभाबाट पूर्वअध्यक्ष साहकै नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

सिरहा जिल्ला फुटबल संघको छैठौ साधारण सभाबाट निर्वाचित पदाधिकारी:

अध्यक्ष- अरूण कुमार साह

उपाध्यक्ष- नागेस्वर यादव

उपाध्यक्ष- शम्भू चौधरी

उपाध्यक्ष- नबीन यादव

सदस्य- राजिप कुमार यादव

सदस्य- साज कुमार आले

सदस्य- हरि प्रसाद साह

सदस्य- दिनेश श्रेष्ठ

सदस्य- अंजनी राई

सदस्य- युगल किशोर चौधरी

सदस्य- गणेश यादव

सदस्य- शत्रुधन सिंह

सदस्य- महेश यादव

महिला सदस्य- सरिता पौडेल

मनोनीत महासचिव- प्रवीण यादव

मनोनीत कोषाध्यक्ष- सुमन श्रेस्ठ

मनोनीत सदस्य- प्रदिप यादव

मनोनीत सदस्य- रंजीत लामा

साधारण सभाबाट १२ सदस्यीय चयन भएको र मनोनित पाँच गरी १७ जनाको कार्यसमिति आगामी चार वर्षे कार्यका लागि चयन भएको अखिल नेपाल फुटबल संघ (एन्फा)बाट पर्यवेक्षकको रूपमा सिरहा पुगेका रुपेश अधिकारीले जानकारी दिए ।

यसअघि काभ्रे, भोजपुर, पर्सा, लमजुङ, नवलपुर, बाग्लुङ, बाँके, कैलाली, रुपन्देही, कञ्चनपुरलगायत जिल्लाको पनि नयाँ कार्यसमिति चयन भइसकेको छ । बारा जिल्लामा शनिबार हुने तय भएको निर्वाचन विवादका कारण स्थगित भएको थियो । एन्फाको केन्द्रिय निर्वाचनमा ४८ वटामध्ये ४५ वटा जिल्ला संघ मताधिकार प्राप्त गर्छन् ।

१४ वटा ए डिभिजन क्लब, १४ मध्ये ११ बी डिभिजन क्लब र १४ मध्ये ९ वटा सी डिभिजन लिगका क्लब, खेलाडी संघ, प्रशिक्षक संघ, महिला र रेफ्री संघ र राष्ट्रिय लिगका लागि छनोट भएर दुई वर्षदेखि खेल्न नपाइरहेका मोफसलका चार क्लबले भोट हाल्न पाउनेछन् । एन्फाको केन्द्रिय निर्वाचन असार ६ गते हुने तय भएको छ ।