नोभाक जोकोभिच

एटिपी वरीयतामा जोकोभिचको कीर्तिमान

लन्डन । विश्व वरीयताको शीर्ष स्थानका नोभाक जोकोभिचले तीन सय ६६ हप्ता एटीपी वरीयताको शीर्ष स्थानमा रहेर कीर्तिमान बनाएका छन् ।

सन् २०११ मा पहिलो पटक शीर्ष वरीयतामा परेका सर्बियन टेनिस स्टार जोकोभिचले दुई महिनाअघि मात्र वरीयताको शीर्ष स्थानमा फर्किएका हुन् । डेभिडोभिच फोकिनालाई पछ्याएका २२ वर्षका मोन्टे कार्लाे मास्र्टस्ले १९ स्थान सुधार गर्दै शीर्ष ३० मा २७औं स्थानमा अटाए ।

सेमिफाइनलमा पुगेका ग्रिगोर डिमिट्रोभ ६ स्थान सुधार गर्दै २३औं स्थानमा पुगेका छन् । मोन्टे–कार्लाे मास्र्टस्अन्तर्गत दोस्रो चरणमा कार्लोस अल्कारेजलाई पराजित गरेका सेबास्टियन कोर्डा वरीयताको ३७औं स्थानमा पुगेका छन् । अमेरिकी खेलाडी सेबास्टियन कोर्डाको यो करियरकै उत्कृष्ट वरीयता हो ।