दिल्ली क्यापिटल्स

दिल्लीको टिमका थप दुई जनालाई कोभिड संक्रमण

दिल्ली । दिल्ली क्यापिटल्सको टिमका थप दुई जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ । योसँगै क्यापिटल्र्समा कोभिड १९ को संक्रमण देखा परेको संख्या तीन पुगेको छ ।

गत साता क्यापिटल्र्सको फिजियो पेट्रीक फर्हाटमा कोभिड संक्रमण देखा परेको थियो ।

पुने र पन्जाव किंग्ससँग खेल्ने दुई दिनअघि क्यापिटल्र्सलको कर्मचारीमा संक्रमण पुष्टि भएको हो । योसँगै दिल्लीले सोमबार पुनेको भ्रमण रद्द गरेको छ । र, क्वारेन्टिनमा बस्ने निर्णय गरेको छ ।

दिल्लीले कोभिड संक्रमणको पुनः परीक्षण गर्ने र त्यसको आधारमा अर्काे चरणको निर्णय लिइने बताइएको छ ।

दिल्लीले शनिबार रोयल च्यालेन्जर्स बैंगलोरसँग खेल्ने एक दिनअघि फिजियो फर्हाटमा  कोभिड संक्रमण पुष्टि भएको थियो । आइपीएलले दुवै टिमलाई सामाजिक दुरी कायम गर्न र खेलपछि खेलाडी र प्रशिक्षकलाई मैदानमा जम्मा नहुन भनेको थियो ।

आइपीएलको नियमअनुसार प्रतियोगिताको दौरान कसैलाई कोभिड पुष्टि भएमा कम्तिमा सात दिन आइसोलेसनमा बस्नु पर्नेछ ।