स्पेनिस ला लिगा

रियाललाई १५ अंकको अग्रता

मड्रिड । करिम बेन्जेमाले   इन्जुरी समयमा गरेको गोलमा रियाल मड्रिडले आइतबार सेभियामाथि ३-२ को जितसहित स्पेनिस ला लिगाको उपाधि सम्भावना थप बलियो पारेको छ ।

रियालले दोस्रो स्थानको बार्सिलोना, तेस्रो स्थानको सेभिया र चौथो स्थानको एट्लेटिको मड्रिडलाई १५ अंकले पछि पारिसकेको छ । बार्सिलोनाले अन्य टोली भन्दा दुई खेल कम खेलेको छ ।

२१औं मिनेटमा इभान राकिटिचले गरेको गोलमा सेभियाले अग्रता लियो । त्यसको पाँच मिनेटपछि इरिक लामेलाले सेभियाको अग्रता दोब्बर पारे ।

 दोस्रो हाफमा तीन गोल फर्काउँदै रियालले शीर्ष स्थानको अग्रता फराकिलो पारेको हो ।

५०औं मिनेटमा रियालका रोर्डिगोले गोल गर्दै खेल २-१ को स्थितीमा ल्याएका थिए । ८२औं मिनेटमा नाचो फर्नान्डेजले गरेको गोलमा  रियाल खेलमा फर्किएको थियो । 

इन्जुरी समयको दोस्रो मिनेटमा बेन्जेमाको गोलमा रियालले पुनरागमन जित पक्का गरेको थियो । जारी सिजन बेन्जेमाको यो २५औं ला लिगा गोल हो ।