एन्फा चुनाव

मोरङ फुटबलमा बुढाथोकी नेतृत्वको कार्यसमिती सर्वसम्मत

उर्लाबारी । जिल्ला फुटबल संघ मोरङको नयाँ कार्यसमितीमा सञ्जिव बुढाथोकी नेतृत्वको कार्यसमिती सर्वसम्मत चयन भएको छ ।

आइतबार भएको चुनावी अधिवेसनबाट बुढाथोकीको नेतृत्वमा १५ सदस्यीय कार्यसमिती चयन भएको हो ।

कार्यसमितीको अध्यक्षमा बुढाथोकी रहँदा उपाध्यक्षमा दीपेन्द्र तिवारी, भुपाल श्रेष्ठ र धनुकुमार लामा चयन भएका छन् । यस्तै, सदस्यहरुमा वसन्तराज अर्याल, राजेशकुमार व्यन्जनकार, खगेन्द्र थेवे, दीपेन्द्र धिमाल, विशाल तामाङ, इन्द्र राई, इन्द्रमणी पोख्रेल, शेखर कार्की, उद्धव अर्याल र सचिन घिमिरे र महिला सदस्यमा कौशिला लिम्बु छिन् ।

यसअघि काभ्रे, भोजपुर, पर्सा, लमजुङ, नवलपुर, बाग्लुङ, बाँके, कैलाली, रुपन्देही, कञ्चनपुरलगायतका जिल्लाको पनि नयाँ कार्यसमिति चयन भइसकेको छ । बारा जिल्लामा शनिबार हुने तय भएको निर्वाचन विवादका कारण स्थगित भएको थियो । एन्फाको केन्द्रिय निर्वाचनमा ४८ वटामध्ये ४५ वटा जिल्ला संघ मताधिकार प्राप्त छन् ।
१४ वटा ए डिभिजन क्लब, १४ मध्ये ११ बी डिभिजन क्लब र १४ मध्ये ९ वटा सी डिभिजन लिगका क्लब, खेलाडी संघ, प्रशिक्षक संघ, महिला र रेफ्री संघ र राष्ट्रिय लिगका लागि छनोट भएर दुई वर्षदेखि खेल्न नपाइरहेका मोफसलका चार क्लबले भोट हाल्न पाउनेछन् । एन्फाको केन्द्रिय निर्वाचन असार ६ गते हुने तय भएको छ ।