एन्फा

जुम्ला फुटबलमा भरत बुढाथापा निर्विरोध चयन

काठमाडौं । जुम्ला जिल्ला फुटबल संघको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को विधानअनुसार बिहीबार भएको चुनावी अधिवेसनबाट भरत बुढाथापाको नेतृत्वमा १३ सदस्यीय (दुई मनोनितसहित) नयाँ कार्यसमिति निर्विरोध चयन भएको अध्यक्ष थापाले जानकारी दिए ।

नयाँ कार्यसमितिमको वरिष्ठ उपाध्यक्षमा राजबहादुर खत्री, उपाध्यक्षमा विकल्पजंग शाही र रोशन श्रेष्ठ छन् । यस्तै, महासचिवमा दीपेन्द्रविक्रम हमाल, कोषाध्यक्षमा अजय थापा रहँदा सदस्यहरुमा खड्कबहादुर भण्डारी, मदनराज भारती, धमेन्द्र महतरा, भरतबहादुर खत्री, नरेश महत, रविन्द्र शाही, विष्णु महत छन् ।