आरडब्लु समर स्लाम

नुवाकोटे टाइगरलाई दोस्रो आरडब्लु समर स्लामको उपाधि

काठमाडौं । नुवाकोटे टाइगरले बिहीबार दोस्रो आरडब्लु समर स्लामको उपाधि जितेका छन् ।

नुवाकोटको गुप्तेश्वरमा सम्पन्न हेभिवेटमा डेभिडलाई हराउँदै नुवाकोटे समर स्लामको च्याम्पियन बने । च्याम्पियन बनेसँगै नुवाकोटे टाइगरले ८५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

नुवाकोटेसँग हारेका डेभिड यसअघि वसन्तपुरमा भएको पहिलो हेरिटेज रिङ रेस्लिङका च्याम्पियन हुन् ।

यस्तै, बिहीबारै भएको त्रिपल थ्रेडतर्फको खेलमा चट्टान र किङरोवर्डलाई हराउदै साइन च्याम्पियन बने । उनले नगद ४५ हजार प्राप्त गरे ।

महिलातर्फको खेलमा टनुले आकृतिलाई पराजित गर्दै उपाधि जितिन् । उनले नगद ४० हजार रुपैंया प्राप्त गरिन् ।

यसैगरी ट्याक टिम म्याच सिजे उड र योङ स्याडीललाई स्पाइडर म्यान र बाकाको जोडीले हराउँदै नगद ६० हजार रुपैंया प्राप्त गरे ।