युरोपियन च्याम्पियन्स लिग

फुटबलमा सबै कुरा सम्भव छः टचेल

काठमाडौं । च्याम्पियन्स लिगको दोस्रो लेगअघि चेल्सीका मुख्य प्रशिक्षक थोमस टचेलले आफ्नो फुटबल एक खेल भएकाले यसमा सबै कुराको सम्भावना रहेको बताएका छन् ।

यसअघि च्याम्पियन्स लिगअन्तर्गत अन्तिम आठको पहिलो लेगमा चेल्सी घरेलु मैदानमै स्पेनिस लिग लिडर मड्रिडसँग ३–१ ले पराजित भएको थियो । र, मंगलबार राती हुने खेलमा फर्किन चेल्सीले कम्तीमा २–० को गोलअन्तर आवश्यक छ ।

चेल्सीले टचेलको प्रशिक्षणमा पछिल्लो सिजन च्याम्पियन्स लिगको उपाधि जितको थियो ।

‘बर्नबेउमा अवे खेलका लागि उत्रिनु सधैँ प्रतिस्पर्धात्मक हुने गर्दछ,’ टचेलले भने, ‘कुनै नजिताको आवश्यकता रहेको बेला यो अझ प्रतिस्पर्धात्मक बन्ने गर्छ । यदी दुई वा तीनको गोलको अन्तरमा जित निकाल्नु लगभग असम्भव जस्तै हुन्छ । तर, पनि खेलमा फर्किने प्रयासले निकै महत्व राख्दछ ।’

यसअघि भएको पहिलो लेगमा करिम बेन्जेमाले ह्याट्रिक गरेपछि चेल्सी ३–१ ले पराजित भएको थियो ।