श्रावण १०, २०८२ शनिबार | ०७:००:०२
अस्ट्रेलियालाई ट्वान्टी-२० शृंखला साफ यु-२०ः ढाकाबाट नेपाली चेलीहरूले ल्याएको सन्देश के ? आत्मकथा शृंखला-९ः नियम थाहा नहुँदा फुटबलमा बारम्बार झगडा हुन्थ्यो युरोमा भिड्दै इङ्ल्यान्ड र स्पेनका महिला टिम फ्रेन्चाइज महिला भलिबलको दोस्रो संस्करणः यस्ता छन् अक्सनपछिका फ्रेन्चाइज टोली रक्षक क्रिस्टियन मोस्केरा आर्सनलमा अनुबन्ध पुलिसको सहज जित शेर्पालाई हराउँदै मनाङ उक्लियो तेस्रो स्थानमा एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं उपत्यका बाहिर हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपमा चार नेपाली खेलाडी अस्ट्रेलियालाई ट्वान्टी-२० शृंखला साफ यु-२०ः ढाकाबाट नेपाली चेलीहरूले ल्याएको सन्देश के ? आत्मकथा शृंखला-९ः नियम थाहा नहुँदा फुटबलमा बारम्बार झगडा हुन्थ्यो युरोमा भिड्दै इङ्ल्यान्ड र स्पेनका महिला टिम फ्रेन्चाइज महिला भलिबलको दोस्रो संस्करणः यस्ता छन् अक्सनपछिका फ्रेन्चाइज टोली रक्षक क्रिस्टियन मोस्केरा आर्सनलमा अनुबन्ध पुलिसको सहज जित शेर्पालाई हराउँदै मनाङ उक्लियो तेस्रो स्थानमा एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं उपत्यका बाहिर हुने विश्व एक्वेटिक्स च्याम्पियनसिपमा चार नेपाली खेलाडी

बक्सिङ टोलीको स्वागत

काठमाडौं । थाइल्यान्डमा सम्पन्न अन्तर्राष्ट्रिय खुला बक्सिङ प्रतियोगितामा सहभागी पाँच खेलाडीसहित सात सदस्यीय नेपाली टोली सोमबार राती स्वदेश फर्किएको छ ।

टोलीलाई नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

थाइल्यान्डको फुकेटमा अप्रिल एक देखि १० तारिखसम्म भएको प्रतियोगितामा एक पुरुष र चार महिला खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपालले एक कांस्य पदक जित्यो । महिला ६० केजी तौलसमूहमा पुनम रावलले नेपाललाई कांस्य दिलाएकी हुन् ।

पुनमको स्पर्धामा ६ खेलाडी सहभागी थिए । पहिलो चरणमा बाइ पाएर सेमिफाइनल पुगेकी पुनमले फिलिपिन्सकी रिजा पस्युटसँग प्रतिस्पर्धा गरेकी थिइन् । सेमिफाइनलमा पुनम ३–२ ले पराजित भएकी थिइन् ।

सन् २०१० मा दीपक महर्जनले पचि कांस्यपछि कुनै पनि नेपाल खेलाडीले यो प्रतियोगितामा पदक जितेको पहिलो भएको बक्सिङ संघले जनाएको छ । त्यसबेला उक्त प्रतियोगिता किङ्स कपको नाममा हुने गथ्र्यो ।

पुरुष ६३ केजीमा भुपेन्द्र थापा मगर तथा महिला ५१ केजीमा मिनु गुरुङ, ५७ केजीमा चन्द्रकला थापा र ४८ केजीमा सुष्मा तामाङले प्रतिस्पर्धा गरेका थिए । भुपेन्द्र र मिनु १३ औं दक्षिण एसियाली खेलकुदका स्वर्ण विजेता हुन् ।


टोलीसंगै फुकेट गएका बक्सिङका प्रमुख प्रशिक्षक प्रकाश थापा मगरले छोटो तयारीका बावजुद खेलाडीको प्रदर्शन प्रशंसनीय रहेको बताए । आइबा वान स्टार रेफ्री÷जज धनकुमार मैनालीले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।


भिडियो
एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड पहिलो पटक काठमाडौं बाहिर हुने ll NSJF PULSAR AWARDS 2081
SAMISKHA GHIMIRE प्याट्रिक कोचको ट्रेनिङ अझै पनि याद आउँछ, सबैलाई माया र हौसला दिनुहुन्थ्यो ll
स्पोर्टस अवार्डसँगको सहकार्यलाई निरन्तरता दिन पाउँदा खुसी छौं ll A.GOLCHHA DIRECTOR, GOLCHHA GROUP
NPL को दोस्रो SEASON अझै उत्कृष्ट र विशेष हुनेछ :PARAS KHADKA ll Secretary ll CANV
DEEPAK BISTA भन्छन्ः पहिला तयारीमै हारिसकेका हुन्थ्यौं, यसपालीबाट तयारीदेखि नै जित्ने वातावरण बन्दैछ
हामीसँग विश्वकै सर्वोत्कृष्ट सामाग्री छन् ।। RAJENDRA TULADHAR ।। HOD ।। HIGH PERFORMANCE CENTER
HIGH PERFORMANCE CENTER तयार, अब नेपाली खेलाडीले विश्वस्तरीय TRAINING पाउने