वाइन रुनी

रेफ्रीमाथि प्रतिबन्ध लगाउन रुनीको माग

लन्डन । डर्बी काउन्टीका प्रशिक्षक वाइन रुनीले स्वान्सी सिटीविरुद्ध यसै साता भएको खेलका रेफ्रीमाथि इंग्लिस एफएले प्रतिबन्ध लगाउनु पर्ने माग गरेका छन् । यद्यपि, त्यो खेलका रेफ्री टिम रोबिन्सनको प्रदर्शनप्रति नकारात्मक टिप्पणी गरेका कारण रुनीमाथि नै कारबाही हुन नसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले दाबी गरेका छन् ।

स्वान्सीविरुद्ध रुनीको डर्बी काउन्टी २–१ गोलको नतिजामा पराजित भएको थियो । त्यो खेलमा रुनीले आफ्नो टिम पेनाल्टीको हकदार भएको बताउँदै रेफ्रीको आलोचना गरेका थिए ।

‘मलाई लाग्छ, रंगशालामा भएका सबैजना पेनाल्टी थियो भन्ने पक्षमा छन् । स्वान्सीका प्रशिक्षक, स्टाफ, फ्यान, खेलाडीले पनि देखेका थिए, त्यो स्पष्ट पेनाल्टी थियो,’ रुनीले भनेकका थिए, ‘म पटक–पटक भन्छु, स्पष्ट छैन भने दिन मिल्दैन । तर, स्पष्ट देखिएको फाउलमा पेनाल्टी नदिँदा अफिसियलमाथि शंका उत्पन्न हुन्छन् ।’

‘मलाई आशा छ, रेफ्रीमाथि प्रतिबन्ध र जरीवाना हुन्छ, किनभने त्यो ठिक थिएन,’ रुनीले भने ।

रुनीको डर्बी अहिले च्याम्पियनसिपको २३औं सथानमा छ । खराब लयको शिकार भएको डर्बी यो सिजन तेस्रा डिभिजनमा घटुवा हुनबाट जोगिन मुस्किल देखिएको छ ।