एएफसी फुटसल एसियन कप क्वालिफायर्स

नेपाालको यात्रा समूह चरणमा सीमित

बिस्केक । एएफसी फुटसल एसियन कप क्वालिफायर्समा नेपाल सोमबार ताजकिस्तानसँग पराजित भएकाे  छ ।

बिस्केक गाज्पोर्म स्पोर्टस कम्प्लेक्समा  ताजकिस्तानसँग ११-१  ले निराश भएसँगै   नेपाल  प्रतियोगिताबाट बाहिरिएको छ ।

ताजकिस्तानकाे जितमा सर्दोरोभले ह्याट्रिक गरे । यस्तै, कुजिभ उमेदले, योरोभ इद्रिस, रिजोमोभ समन्दर र हेलिमोभ साभोएटले समान दुई गोल गरे ।

नेपालले आदिल हमेदले गरेकाे गाेलबाट खेलमा अग्रता लिए पनि फराकिलाे हार बेहाेर्याे ।

समुह ‘बी’ मा रहेको  नेपालको दुई खेलमा एक छ । नेपाल  चौथो स्थानमा छ ।  शीर्ष स्थानको  ताजकिस्तानको चार अंक छ  भने  दोस्रो स्थानकाे  उज्वेकिस्तनको तीन अंक  छ ।  तेस्रो स्थानको अफगानिस्तानको एक अंक छ ।

ताजकिस्तानले आइतबार पहिलो खेलमा अफगानिस्तानसँग बराबरी खेलेको थियो ।

पहिलो खेलमा नेपाल आइतबार उज्वेकिस्तानसँग ५–१ ले पराजित भएकाे थियाे ।

नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार अफगानिस्ताानको सामना गर्नेछ ।