सहिद स्मारक ‘बी’ डिभिजन लिग

अन्तिम खेलमा श्री भगवतीको सुखद नजिता

काठमाडौं । अन्तिम खेलमा श्री भगवती क्लबले विरगंज युनाइटेलाई २–० ले पराजित गर्दै सहिद स्मारक ‘बी’ डिभिजन लिगको सुखद अन्त्य गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलको ४८औं मिनेटमा अनुज भन्डारीले गरेको गोलबाट श्री भगवतीले अग्रता बनाएको थियो ।

यस्तै, खेल सकिन आठ मिनेट बाँकी रहँदा अनुजले नै दोस्रो गोल गरेपछि श्री भगवतीले २–० को जित निश्चित गर्यो ।

जितसँगै श्री भगवतीले लिगका १३ खेलबाट १८ अंक जोडेको छ । यस्तै, समान खेलबाट विरगंजनले १६ अंक जोड्यो ।

फागुन १८ गतेदेखि सुरु भएको लिगमा सहभागी १४ टोलीमध्ये शीर्ष दुई टोली ए डिभिजन लिगमा बढुवा हुने र पुछारका दुई टोली तेस्रो डिभिजनम घटुवा हुने प्रावधान छ । जसमध्ये शीर्ष स्थानको चर्च ब्वाइज युनाइटेड एक खेल अगावै उपाधिसहित ए डिभिजन लिगमा बढुवा भइसकेको छ भने पुछारमा रहेको झम्सिखेल युथ क्लब तेस्रो डिभिजन लिगमा घटुवा भएको छ ।