फाल्गुन २३, २०८२ शनिबार | ०३:३०:३३
ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? नयाँ प्रशिक्षक, चुनौती पुरानै एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान प्रिमियर लिगमा टोटनहमको लगातार पाँचौं हार बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा ट्वान्टी-२० विश्वकप २०२६ः फाइनलअघि सबैभन्दा धेरै रन र विकेट लिने खेलाडी आर्सनलको खेल सुन्दर कि कुरुप ? भारतीय टिमले अँगालेको स्यामसन ट्वान्टी-२० विश्वकपः फाइनलमा भारत की न्युजिल्यान्ड ? नयाँ प्रशिक्षक, चुनौती पुरानै एसियाडको प्रवर्धनका लागि ‘एसियन गेम्स फन रन’को तयारी अर्जेन्टिना र स्पेनबीचको फाइनलिसिमा सान्टियागो बर्नाबेउमा हुने संकेत पटक–पटक स्थगित एन्फा निर्वाचनको नयाँ मिति चैत १३, आन्दोलनको आह्वान प्रिमियर लिगमा टोटनहमको लगातार पाँचौं हार बंगलादेशको लगातार दोस्रो हार, उत्तर कोरिया क्वार्टरफाइनलमा
शनिबारको दिन इङ्लिस प्रिमियर लिग

‘बेजोड खेल’को पर्खाइमा सिटी र लिभरपुल

आइतबार रातिसम्ममा लगभग एउटा निचोडमा पुग्न सकिन्छ । म्यानचेस्टर सिटी र लिभरपुलको बेजोड प्रतिस्पर्धा ।

यो खेललाई के–के मात्र भन्न सकिन्न ? सबैभन्दा पहिले त यो पक्कै पनि हेभिवेट फाइट भयो । त्यसपछि ‘ब्लकबस्टर’ खेल पनि भयो यो । अझ ठ्याक्कैभन्दा लिग टाइटल डिसाइडर । अरू झन के के । यो खेल म्यानचेस्टर सिटीको घरेलु मैदान इतिहादमा हुनेछ । नेपालमा खेल सुरु हुने समय रहेको छ, रातिको ९ः१५ बजे ।

सबैभन्दा पहिले एक नजर लिग अंकतालिकातर्फ नै । सिटीको ३० खेलबाट ७३ अंक छ । लिभरपुल जम्मा एक अंकले मात्र पछाडि हो । लिभरपुलको ३० खेलबाट ७२ अंक छ । त्यसको अर्थ हो, यी दुई टिमबीच अन्तर भनेको केही पनि होइन, कुनै पनि बेला कतै यो तलमाथि हुनसक्छ । तर अझै सिटी नै उपाधिका लागि सबैभन्दा बलियो प्रत्याशी हो । एक त सिटी डिफेन्डिङ च्याम्पियन भयो नै, त्यसमाथि यो जत्तिको बलियो टिम अहिले तत्काल इंग्लिस फुटबलमा अर्को छैन ।

चेल्सी तेस्रो स्थानमा छ । यो टिम कहाँनिर छ भनेर खोज्नुपर्ने हुन्छ । चेल्सीले २९ खेल खेलेको छ । चेल्सीको खातामा अंक छ, ५९ । फेरि क्लब आफैं संकटमा छ । त्यो नानाथरिका मैदानबाहिरका कारणले गर्दा हो । त्यसैले चेल्सीको चर्चा यहींनिर छाड्दा राम्रो । अनि ठ्याक्कै भनौं, उपाधि होडलाई लिएर चेल्सीको चर्चा पटक्कै आवश्यक छैन । 

फेरि सिटी र लिभरपुलबीचकै खेलमा फर्कने हो भने यो खेलका तीन सम्भावित नतिजामध्ये दुई सिटीको पक्षमा रहेको छ ।

त्यसो भनेको सिटीलाई जित वा बराबरी दुवै स्वीकार्य हुनेछ । सिटीले नचाहने भनेको खाली लिभरपुलको जितमात्रै हो । यदि सिटीले लिभरपुललाई काट्न सक्छ भने सायद उसलाई त्यसपछि कसैले रोक्न सक्ने छैन । यो खेलपछि सिटीले खेल्न बाँकी ७ खेल लगभग सजिला छन् । त्यसमध्ये सबैभन्दा बलियो प्रतिद्वन्द्वी हुनसक्ने भनेको वेस्ट ह्याम मात्रै हो । अन्य त सबै शीर्ष १० भन्दा मुनिका क्लब नै त हुन् । त्यसैले सिटीको बाटो सजिलो छ ।

यहींनिर लिभरपुलको यो खेलपछिको बाटो भने गाह्रो छ । फेरि भनौं, निकै गाह्रो । सिटीको सामना गरिसकेपछि लिभरपुलले अझै तीन ठूला खेल खेल्नुपर्ने हुन्छ । यी रहेका छन्, म्यानचेस्टर युनाइटेड, टोटेनहम र उल्भसविरुद्ध । त्यसो त अहिले तत्कालको लयलाई आधार मान्ने हो भने लिभरपुलले यी तीनै खेलमा जित निकाल्न सक्ने छ । कम्तीमा युनाइटेडलाई बलियो प्रतिद्वन्द्वी पनि मान्न सकिन्न कि ? तर अर्को एउटा डर के पनि छ भने लिभरपुल सिटीसँग पराजित रह्यो भने यी तीनै खेल एकाएक फरक समीकरणको हुनेछ ।

तर, कम्तीमा अहिले तत्काल यी सबै सम्भावनाबारे टाउको नदुखाएर यही सिटीसँग लिभरपुलबीचको खेलमै केन्द्रित रहौं । यो खेललाई यस सिजनकै सबैभन्दा ठूलो प्रतिस्पर्धा मान्न सकिन्छ । सिटीमात्र होइन, लिभरपुल पनि उत्तिकै बलियो टिम हो । त्यसैले यो खेलको नतिजाबारे ठ्याक्कै यही यस्तै हुनेछ भनेर अनुमान गर्न सकिन्न । यस्ता ठूला अवसरका खेल कहिलेकाहीं सबैको अनुमान विपरीत फिस्स औसत खेल हुनसक्छ ।

यो त निराशाजनक दृष्टिकोण भयो । पूरापूर विश्वास गर्न सकिन्छ, म्यानचेस्टरमा हुने यो खेल सानदार हुनेछ । दर्शकले खुबै मीठो मानेर यसको मज्जा लिन सक्नेछन् । यसको नतिजा त्यही दिनलाई छाडौं । सिटीका पेप ग्वार्डिओला र लिभरपुलका योर्गन क्लोप ‘देश खाएर शेष’ भइसकेका फुटबलका व्यवस्थापक हुन् । यी दुईलाई के गर्ने र के नगर्ने भनेर सिकाउने को ? यिनका दिमागमा खेललाई लिएर हजार दाउ होलान् । हाम्रो काम एकचित्तले ध्यान दिएर यो खेल हेर्ने हो ।