विश्वकप ‘ड्र’ आज हुँदै

जेनेभा । कतार विश्वकप २०२२ को ‘ड्र’ शुक्रबा हुनेछ । कतारको ‘दोहा एक्जिबिसन एन्ड कन्भेन्सन सेन्टर’ हुने ‘ड्र’ नेपाली समयअनुसार राती ९ः४५ बजे हुनेछ ।

हालसम्म विश्वकप खेल्ने ३२ टोलीमध्ये २९ टोलीले आफ्नो स्थानमा सुरक्षित गरिसकेका छन् । यस्तै, बाँकी तीन टोलीको टुङ्गो भने प्लेअफबाट लाग्नेछ । अब युरोपियन प्लेअफबाट एक, एसियन–दक्षिण अमेरिकी प्लेअफबाट एक र उत्तर अमेरिका–आसियाना प्लेअफबाट एक टोली गरी तीन देशले विश्वकपमा स्थान बनाउन बाँकी छ ।

फिफाले छनोट भएका ३२ टोलीलाई फिफा वरीयताअुनसार चार पोटमा विभाजन गरेको छ । प्रत्येक पोटमा आठ टोली छन् ।