सहिद स्मारक ‘बी’ डिभिजन लिग

बाँसबारी दोस्रो स्थानमा उक्लियो

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बाँसबारी क्लब दोस्रो स्थानमा उक्लिएको छ । लिगअन्तर्गत बुधबारको तेस्रो खेलमा बाँसबारी क्लबले सामाजिक युथ क्लबलाई १–० ले पराजित गरेसँगै बाँसबरी तालिकाको दोस्रो स्थानमा उक्लियो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेल सकिन दुई मिनेट बाँकी रहँदा सौरभ कार्कीले निर्णायक गोल गरे ।

जितसँगै लिगमा १० खेलबाट १६ अंक जोडेको बाँसबारी तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । यस्तै, समान खेलबाट १० अंक जोडेको सामाजिक तालिकाको १२औं स्थानमा छ । जुन रेलिगेशन जोनभन्दा एक स्थानमात्र माथि हो ।

आजै भएको पहिलो खेलमा चर्च ब्वाइज युनाइटेडले रानीपोखरी कर्नर टिम (आरसिटी) लाई २–० ले र दोस्रो खेलमा मध्यपुर युथ एसोसियसनले विरगंज युनाइटेडलाई १–० ले पराजित गरेको थियो ।