अन्सु फाती

प्रशिक्षणमा फर्किए फाती

बार्सिलोना । स्पेनिस क्लब बार्सिलोनाका स्ट्राइकर अन्सु फाती प्रशिक्षणमा फर्किएका छन् ।

स्पेनका अन्तर्राष्ट्रिय खेलाडी फाती जनवरी २० मा भएको कोपा डेलअन्तर्गत एथ्लेटिक विल्बाओविरुद्धको खेलमा घाइते भएका थिए । उनको ह्यामस्ट्रिङमा समस्या देखिएको थियो । त्यसयता फाती मैदानबाट बाहिर छन् ।

यसै सिजन अर्जेन्टिनी स्टार लियोनल मेसीले बार्सिलोना छोडेपछि १० नम्बर जर्सी पाएका १९ वर्षीय फातीले चोटका कारण सन् २०२०/२१ यता क्लबबाट सबैखाले प्रतियोगितामा गरी २० खेल मात्र खेलेका छन् ।

बार्सिलोनाले फातीको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक गर्दै फाती प्रशिक्षणमा फर्किएको पुष्टि गरेको हो । उनी हाल क्लबको सामूहिक प्रशिक्षणमा सहभागी छन् ।