त्रिदेशीय ट्वान्टी २० श्रृंखला

मलेसियाले पिएनजीलाई दियो १८० रनको लक्ष्य

काठमाडौं । त्रिदेशीय अन्तर्राष्ट्रिय ट्वान्टी २० शृंखलाको दोस्रो खेलमा मलेसियाले पपुवा न्यु गिनी (पिएनजी) सामू एक सय ८० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको मलेसियाले निर्धातिर २० ओभरमा तीन विकेट गुमाएर एक सय ८० रनको योगफल तयार गर्यो ।

मलेसियाका दुई ब्याटरले अर्धशतक बनाए । स्कोरबोर्डमा १२ रन छँदा पहिलो विकेट गुमाएको मलेसियाका विरन्दिप सिंह र कप्तान अहमद फैजले दोस्रो विकेटका लागि ९५ रनको साझेदारी गर्दै मलेसियाको इनिङ सम्हालेका थिए । यसबाहेक, विरन्दिपले तेस्रो विकेटका लागि सेद अजिजसँग तेस्रो विकेटका लागि ७३ रनको साझेदारी गरेका थिए ।

मलेसियाका ओपनर विरन्दिपले अविजित ५९ रन बनाए । यस्तै, फैजले ५६ रन बनाउँदा अजिज ४७ रनमा पभेलियन फर्किए ।

पिएनजीका नोर्मान भानुआले दुई विकेट र नोसैन पोकनाले एक विकेट लिए ।