सहिद स्मारक ‘बी’ डिभिजन लिग

सरस्वतीले श्री भगवतीलाई हरायो

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत शुक्रबारको अन्तिम खेलमा सरस्वती युथ क्लबले श्री भगवती क्लबलाई २–१ ले पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सनम धिमालले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै सरस्वतीलाई अग्रता दिलाएका थिए ।

सुनिल श्रेष्ठले ४८औं मिनेटमा गोल गर्दै श्री भगवतीलाई खेलमा फर्काएका थिए । तर, ८१औं मिनेटमा सनमले गोल गर्दै सरस्वतीको जित पक्का गरेका थिए ।

जितसँगै सरस्वतीले लिगका आठ खेलबाट १५ अंक जोडेको छ । यस्तै, समान खेल खेलेको श्री भगवतीको १३ अंक छ ।

फागनु १८ गतेदेखि सुरु भएको लिगमा सहभागी १४ टोलीमध्ये शीर्ष दुई टोलीले ए डिभिजन लिगमा स्थान बनाउने छन् भने पुछारका दुई टोली तेस्रो डिभिजनमा घटुवा हुनेछन् ।