सहिद स्मारक ‘बी’ डिभिजन लिग

आरसिटी चौथो स्थानमा उक्लियो

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत बिहीबारको पहिलो खेलमा रानीपोखरी कर्नर टिम (आरसिटी) ले सामाजिक युथ क्लबलाई ३–० ले पराजित गरेको छ ।

जितसँगै आठ खेलबाट १२ अंक जोडेको आरसिटील तालिकाको चौथो स्थानमा उक्लिएको छ । यस्तै, समान खेलबाट सात अंक जोडेको सामाजिक नवौं स्थानमा छ ।

आरसिटीको जितमा प्रज्वल गुरुङले दुई गोल गर्दा विश्वास थापाले एक गोल थपेका थिए ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा विश्वास पाँचौ मिनेटमा गरेको गोलबाट आरसिटीले अग्रता बनाएको थियो ।

प्रज्वलले २० र २४ मिनेटमा गोल गरेपछि आरसिटीले ३–० को जित निश्चित गर्यो ।

आजै हुने दोस्रो खेलमा खुमलटार युथ क्लब र श्री कुमारी क्लबबीच प्रतिस्पर्धा हुदैँछ भने तेस्रो खेलमा नयाँबस्ती युथ क्लबले चर्च ब्वाइजको सामना गर्दैछ ।