सहिद स्मारक ‘बी’ डिभिजन लिग

श्री कुमारीको पहिलो जित

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा श्री कुमारी क्लबले पहिलो जित निकालेको छ ।

लिगअन्तर्गत बिहीबारको दोस्रो खेलमा श्री कुमारीले खुमलटार युथ क्लबलाई १–० ले पराजित गर्यो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा श्रीजनराज गौतमले इन्जुरी समयमा गरेको गोल नै श्री कुमारीको जितमा निर्णायक बन्यो ।

लिगमा आठ खेल खेलेको श्री कुमारीले १० अंक जोडेको छ । श्री कुमारीले यसअघि लिगको सबै खेलमा बराबरीको नतिजा निकालेको थियो ।

यस्तै, समान खेलबाट खुमलटारले लिगमा नौ अंक जोडेको छ । खुमलटारले लिगका आठ खेलमध्ये तीनमा जित र पाँच खेलमा हार बेहोका छ ।

यसअघि आजै भएको पहिलो खेलमा रानीपोखरी कर्नर टिम (आरसिटी) ले सामाजिक युथ क्लबलाई ३–० ले पराजित गरेको थियो ।