सहिद स्मारक ‘बी’ डिभिजन लिग

खुमलटार युथ विजयी

फाइल फाेटाे

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगअन्तर्गत बुधबारको दोस्रो खेलमा खुमलटार युथ क्लबले झम्सिखेल युथ क्लबलाई २–० ले पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलको सातौं मिनेटमा सदीन केसीले गरेको गोलबाट खुमलटारले अग्रता लिएको थियो । यस्तै, ५५औं मिनेटमा आशिष श्रेष्ठले गोल गरेपछि खुमलटारले २–० को जित निश्चित गर्यो ।

आजै भएको पहिलो खेलमा विरगंज युथ क्लब र चर्च ब्वाइज युनाइटेडले १–१ को बराबरी खेल्दै अंक बाँडेका थिए ।