बायर्न म्युनिख

अल्फोन्सो डेभिस प्रशिक्षणमा फर्किए

बर्लिन । अल्फोन्सो डेभिस जनवरीपछि पहिलो पटक प्रशिक्षणमा फर्किएका छन् ।

मुटुमा समस्या देखिएपछि बायर्न म्युनिखका क्यानडियन फुल ब्याक डेभिस जनवरीदेखि मैदान बाहिर छन् । करिब ३ महिना फुटबलबाट टाढा रहन बाध्य भएका डेभिस चाँडै मैदानमा फर्किने सम्भावना बढेको छ ।

‘डेभिसको मुटुको मांसपेशी सुनिने समस्या ठीक भएको छ,’ बायर्नका मुख्य प्रशिक्षक जुलियन नगेल्सम्यानले भनेका छन् ।

क्लबले बताएअनुसार उनी चाँडै टोलीमा सम्मिलित भए पनि प्रशिक्षणका दाैरान धेरै बोझ दिइने छैन । मुटुमा देखिने यो समस्या सामान्यतया कोभिड १९ विरुद्धको खोपको असरबाट उत्पन्न हुने समस्या मानिन्छ । डेभिसले कोभिड विरुद्धको खोपको दुई मात्रा लगाएका छन् ।