एन्टि डोपिंग कार्यक्रम

एन्टि डोपिंग अभियान सार्थक बनाउनेमा नेपालको जोड

काठमाण्डौं । संयुक्त अरब इमिरेट्सको दुबईमा जारी एन्टि डोपिंग कार्यक्रमको पहिलो दिन नेपालले आफ्नो प्रस्तुति राखेको छ । नेपालको तर्फबाट युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले मन्तब्य राखेका हुन् ।

खेलकुदमा एन्टी डोपिङ सम्बन्धी १७औं एशिया/ओशिनिया क्षेत्र अन्तरसरकारी मन्त्रीस्तरीय बैठकमा आफ्नो मन्तब्य राख्दै मन्त्री अथकले नेपालले खेलकुदमा  एन्टि डोपिंगको अभियानलाई सार्थक बनाउने कुरामा जोड दिए ।

मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले नेपालले राष्ट्रिय एन्टि डोपिंग संस्था बनाउने क्रममा निर्देशक समिति गठन गरी प्रक्रिया शुरु गरेको र आगामी दिनमा एन्टि डोपिंग सम्बन्धी नीति तथा कानुन निर्माण गरी खेललाई स्वच्छ बनाउन सकारात्मक योगदान दिने बताए ।

कार्यक्रममा नेपालको प्रयासको सहभागी राष्ट्रहरुले सराहना समेत गरेका थिए ।  मार्च १४ देखि १५ सम्म जारी उक्त बैठकमा ४५ देशको सहभागिता रहेको छ । बैठकले सन् २०२२ देखि २४ सम्मका लागि रणनीति पारित गरेको छ ।  यसअनुसार खेललाई स्वच्छ बनाउन एन्टि डोपिंग संस्थाहरुलाई थप प्रभावकारी वनाउने कुरामा जोड दिइएको छ ।