बुन्डेसलिगा

मुलरको आत्मघाती गोलमा बायर्न रोकियो

बर्लिन । बायर लेभरकुशनसँग १-१ को बराबरीमा रोकिएपछि बायर्न म्युनिखले शनिबार जर्मन बुन्डेसलिगाको शीर्ष स्थानमा फराकिलो अग्रता लिने अवसर गुमाएको छ ।

युलियन नागेल्सम्यानले अक्टोेबरमा भएको भेटमा लेभरकुशनमाथि ५-० को सानदार जित दर्ता गरेको थियो ।

१८औं मिनेटमा निकाल्स सुलले गरेको गोलमा बायर्नले अग्रता लिएको थियो । तर ३६औं मिनेटमा बायर्नका थोमस मुलरको आत्मघाती गोलमा लेभरकुशन खेलमा फर्कियो ।

बायर्न २५ खेलमा ५९ अंकसहित शीर्ष स्थानमा कायम छ । जुन दोस्रो स्थानको बोरुसिया डर्टमन्ड भन्दा नौ अंक बढी हो । तेस्रो स्थानको लेभरकुशनको भने ४५ अंक रहेको छ । 

बायर्नले मंगलबार च्याम्पियन्स लिग अन्तिम १६ को दोस्रो लेगमा मंगलबार साल्जबर्गको सामना गर्दैेछ । बुन्डेसलिगामा भने बायर्नले शनिबार होफेनहेइमको सामना गर्नेछ ।