फ्रेन्च लिग वान

पिएसजीको हार

पेरिस । किलियन एमबाप्पेविना मैदान उत्रिएको पेरिस सेन्ट जर्मन (पिएसजी) शनिबार फ्रेन्च लिग वानमा निससँग १-० ले निराश भएको छ ।

खेल सकिन दुई मिनेट बाँकी रहँदा वैकल्पिक खेलाडी एन्डी डेलर्टको गोलमा निसले पिएसजीमाथि जित दर्ता गरेको थियो । 

पिएसजी २७ खेलमा ६२ अंकसहित शीर्ष स्थानमा यथावत छ भने समान खेलमा दोस्रो स्थानको निसलको ४९ अंक रहेको छ । दुई पहेँलो कार्डका कारण एमबाप्पेले निसविरुद्धको खेल गुमाएका हुन् ।

पिएसजीले बुधबार च्याम्पियन्स लिग अन्तिम १६ मा दोस्रो लेगमा रियाल मड्रिडको सामना गर्दैछ । पहिलो लेगमा पिएसजीले रियाललाई १-० ले हराएको थियो ।

एमबाप्पेको अनुपस्थितीमा नेइमार ,लियोनल मेसी र एन्जेल डी मारियाले अग्रपंक्तिको जिम्मेवारी सम्हाले पनि गोल खाता भने खोल्न सकेन ।

जारी सिजन पिएसजीको यो तेस्रो हार हो । एमबाप्पेको पिएसजीसँगको सम्झौता यसै सिजनको अन्त्य सम्ममात्र बाँकी छ । उनलाई रियालले अनुबन्धनको प्रयास गरिरहेको छ ।