सहिद स्मारक ‘बी’ डिभिजन लिग

खुमलटारको विजयी सुरुआत

काठमाडौं । सहिद स्मारक ‘बी’ डिभिजन लिगमा खुमलटार युथ क्लबले विजयी सुरुआत गरेको छ । खुमलटारलले बिहीबार रानीपोखरी कर्नर टिम (आरसिटी) लाई २–१ ले पराजित गर्यो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा दीवस छन्त्यालले १७औं मिनेटमा गरेको गोलबाट खुमलटारले अग्रता बनाएको थियो ।
खुमटारका विपिन थापामगरले ८०औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । यस्तै, इन्जुरी समयमा नवराज गुरुङले गोल गरेपछि खुमलटारले सहज जित निश्चित गर्यो ।

आरसिटीका अनिल गुरुङले ८७औं मिनेटमा एक गोल फर्काएका थिए ।

फागुन १८ गतेदेखि सुरु भएको लिगमा १४ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । जसमध्ये शीर्ष दुई टोली ‘ए’ डिभिजन लिगमा उक्लिने छन् भने पुछारका दुई टोली तेस्रो डिभिजनमा घटुवा हुनेछन् ।