एनएसएल

बुटवल लुम्बिनीको मार्की खेलाडी विशाल र प्रशिक्षकमा अनन्त

काठमाडौं । अनन्तराज थापा आगामी फ्रेन्चाइज नेपाल सुपर लिग (एनएसएल) मा बुटबल लुम्बिनी एफसीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

क्लबले बिहीबार आफ्नो वेबसाइटमार्फत मार्की खेलाडी विशाल श्रेष्ठलाई नै निरन्तरता दिएको मुख्य प्रशिक्षकमा थापालाई नियुक्त गरेको सार्वजनिक गरेको हो । यस्तै, क्लबको टिमको ब्यवस्थापमा रविन श्रेष्ठ रहँदा जेनेरल म्यानेजरमा राजुकाजी शाक्यले निरन्तरता पाएका छन् । यसअघि प्रतियोगिताको पहिलो संस्करणमा सनोज श्रेष्ठले बुटबल लुम्बिनीको प्रशिक्षण सम्हालेका थिए ।

थापाले हालै सम्पन्न शीर्ष डिभिजन लिगमा नेपाल पुलिस क्लबको प्रशिक्षण सम्हालेका थिए ।

चैत २६ बाट सुरु हुने भनिएको दोस्रो संस्करणको प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । एनएसएलको दोस्रो संस्करणका लागि शुक्रबार अक्सन हुँदैछ ।