रुस-युक्रेन तनाव

फिफाद्वारा रुसको राष्ट्रिय झन्डा प्रतिबन्ध

ज्युरिच । रुसले आगामी खेलहरु फुटबल युनियन अफ रुस (आरएफयु) को रुपमा खेल्नुपर्ने विश्व फुटबलको सर्वोच्च निकाय फिफाले पुष्टि गरेको छ ।

रुसका राष्ट्रपती भ्लादिमिर पुटिनले बुधबार छिमेकी मुलुक युक्रेनविरुद्ध सैन्य कारवाही अघि बढाएपछि फिफाले यस्तो निर्णय गरेको हो ।

आइतबार फिफाले रुसका आगामी खेलहरु रसियन झन्डामा नभई आरएफयुको ब्यानरमा तटस्थ ब्यानरमा खेल्नुपर्ने निर्णय गरेको हो ।

फिफाले रुसमाथिको प्रतिबन्ध बढाउँदै गर्दा युरोपिनय फुटबलले यसअघि नै च्याम्पियन्स लिगको फाइलन सेन्ट पिटर्सबर्गमा नगर्ने निर्णय गरिसकेको छ । यस्तै, पोल्यान्ड, स्विडेन र चेक गणतन्त्रले सयुक्त रुपमा रुसमा खेल्न अस्विकार गरेका छन् ।

‘फिफा रुसले युक्रेनमाथि गरेको सैन्य कारवाहीको निन्दा गर्दछ । युद्ध कुनै पनि कुराको समाधान होइन । फिफा युक्रेनको अवस्थाप्रति ऐक्यवद्धता व्यक्त गर्न चाहन्छ,’ फिफाले जारी गरेका वि फिफा शान्ती स्थापनका लागि दुई देशलाई संवाद सुरु गर्न आग्रह गर्दछ । फिफाले अझै युक्रेनी फुटबल र युद्धका त्रासका कारण देशबाट निक्लन आग्रह गरिरहेका फुटबल समुदायसँग नजिकबाट सम्पर्कमा गरिरहेको छ ।’