रेफ्री

विश्व भ्रमणका लागि सिठी थन्क्याउँदै विश्वकै कामुक रेफ्री

लन्डन । विश्वकी सर्वाधिक कामुक रेफ्री क्यारोलिना बोजार केही समयका लागि सिठी थन्क्याउँदै विश्व भ्रमण गर्ने उद्देश्यसहित लामो विदामा निस्किएकी छिन् ।

इन्स्टाग्राममा एक लाख ५० हजार फलोअर रहेकी २४ वर्षे रेफ्री बोजारले विश्व भ्रमणको उद्देश्यमा यसअघि नै क्यारेबियन, न्युुयोर्क र माायमीजस्ता गन्तब्यमा पाइला राखिसकेकी छिन् ।

‘वर्षको अन्त्य भनेको समिक्षा र नयाँ योजनाको समय हो । पछिल्लो १२ महिना मेरा लागि अत्यन्तै व्यस्त र उपलब्धिमुलक रहयो । वर्ष २०२१ ले मेरा आकांक्षाहरुको सिमा बढाएको छ । व्यावसायिक रुपमा मैले धेरै उपलब्धि हासिल गरेँ भन्ने लागेको छ । म आफूले चाहेको गन्तब्यको बाटोमा छु,’ पोल्यान्डकी रेफ्रीले सामाजिक सञ्जालमा सार्वजनिक गरेको लामो पोस्टमा लेखेकी छिन्, ‘अध्ययन र काममा गरेको सबै मेहनतले परिक्षाहरुमा सफलता प्राप्त गर्यो । थेसिस र एड्भोकेटको इन्ट्रान्स परिक्षाको सफलताबाट मेरा व्यावसायिक सपनाले खुट्किलो उक्लिएको छ । यसका साथै खेलकुदमा पनि २०२१ मेरा लागि अत्यन्तै सफल वर्ष रह्यो ।’

महिला लिग फुटबलको सबभन्दा माथिल्लो श्रेणीका साथै सिएलजेमा नियमित प्रदर्शन, पहिलो पटक अन्तर्राष्ट्रिय खेल गराउने मौका, पिजिपिएन मेन्टरिङ कार्यक्रममा फलदायी सहकार्य तथा टेलिभिजन च्यानलहरुमा सदभावना दुतका रुपमा काम पाउनुलाई बोजारले २०२१ मा हासिल गरेका प्रमूख उपलब्धिका रुपमा वयान गरेकी छिन् ।

मैदानमा प्रस्तुत हुने तरिकाका साथै बोजार सामाजिक सञ्जालमा उनले पोस्ट गर्ने कामुक तस्बिरहरुका कारण लोकप्रिय छिन् । यसका साथै मैदानमा निर्णय लिएपछि खेलाडीहरुलाई आक्रोषित हुन नदिई सम्हाल्ने कुरामा पनि उनको प्रशंसा गरिन्छ ।

‘महिलाहरुमा एकखालको प्राकृतिक आकर्षण रहन्छ । जसले खेल तनावपूर्ण अवस्थामा रहँदा पनि खेलाडीहरुलाई शान्त रहन उर्जा प्रदान गर्छ,’ एक फुटबल अधिकारीलाई उद्यृत गर्दै डेलीस्टारले लेखेको छ, ‘खेल दौरान अवस्था तनावपूर्ण बनाउने खालका थुप्रै घटनाहरु हुन सक्छन् । तर एउटी राम्री महिलाको उपस्थितीले परिस्थिती शान्त र सहज बनाइराख्न ठूलो योगदान मिल्छ । मेरो विचारमा सुन्दरताले सहयोग पुर्याउँछ ।’