चैत्र ३, २०८२ मंगलबार | ००:५२:२५
लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ राष्ट्रिय लिगः मछिन्द्रलाई अंक दूरी बढाउने अवसर पाकिस्तानलाई हराउँदै बंगलादेशले सिरिज जित्यो मिलान पराजित बार्सिलोनाका सानदार जित, बनायो ४ अंकको अग्रता युनाइटेडको जित, लिभरपुल रोकियो लालिगुँरास र आर्मीको जित, मछिन्द्रले अंक दूरी बढाउने मौका गुमायो फाइनल खेल चिन्नास्वामीमा गर्न स्विकृती एन्फासँग ए डिभिजन क्लबका सात माग पुलिसविरुद्ध दुई गोलको अग्रता जोगाउन नसक्दा सातदोबाटो आठौं खेलसम्म पनि जितविहीन देशको सेवाका लागि जुनसुकै भूमिकाबाट अघि रहने ज्ञानेन्दको भनाइ राष्ट्रिय लिगः मछिन्द्रलाई अंक दूरी बढाउने अवसर पाकिस्तानलाई हराउँदै बंगलादेशले सिरिज जित्यो मिलान पराजित बार्सिलोनाका सानदार जित, बनायो ४ अंकको अग्रता युनाइटेडको जित, लिभरपुल रोकियो

किसुनजी स्मृती म्याराथन चैत्रमा हुने

काठमाडौं । नेपाल लोकतान्त्रीक खेलकुद संघको तत्वावधान तथा बागमती प्रदेश संघको आयोजनामा दोश्रो किसुनजी स्मृती राष्ट्रिय महिला तथा पुरुष खुल्ला हाफ म्याराथन प्रतियोगिता २०७८ चैत्र १९ गते हुने भएको छ ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी गराएको हो । नेपाली काँग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको (किसुनजी) को स्मृतीमा संघले दोश्रो पटक प्रतियोगिता आयोजना गर्न लागेको हो ।

देशभर रहेको प्रतिभावान खेलाडीहरुलाई अवसर प्रदान गर्ने, भाईचारा र आपसी सहयोगको सम्वन्धलाई अझ प्रगाढ बनाउने तथा खेलकुदलाई व्यावसायिकरण गर्ने प्रतियोगिताको उद्धेश्य रहेको पत्रकार सम्मेलनमा आयोजकले जानकारी दियो । अनुमानित ११ लाख लागत रहेको प्रतियोगिताका विजयी खेलाडीहरुले नगद ५० हजार, उपविजयी खेलाडीहरुले नगद ३० हजार र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीहरूले नगद २० हजार प्राप्त गर्ने छन् ।

अघिल्लो संस्करणको तुलनमा यस पटक पुरस्कार राशीलाई दोब्बर बनाईएको समेत पत्रकार सम्मेलनमा अध्यक्ष दीपक गुरुङ्गले जानकारी गराए । यसका साथै खेलकुदका साथै खेलकुलमा जीवन व्यतित गर्ने, खेलको विकास र विस्तारमा योगदान पु¥याउनेहरुलाई पनि सम्मान गर्ने उद्धेश्यले खेलकुद क्षेत्रमा विशेष योगदान गर्ने खेलाडी, प्रशिक्षक र खेल पत्रकारलाई समेत नगद सहित सम्मान गरिने आयोजकले जनाएका छन् ।

नेपाली काँग्रेसका नेताहरुको नाममा खेलकुद आयोजना गर्दै खेलकुद र राजनीतिलाई जोड्ने नीति अनुरुप नेपाली काँग्रेसको भातृ संस्था नेपाल लोकतान्त्रीक खेलकुद संघले खेललाई अग्रस्थानमा राख्दै विभिन्न प्रतियोगिताका साथै अन्य सामाजिक कार्यमा पनि कार्य गर्दै आईरहेको अध्यक्ष गुरुङ्गले जानकारी गराए ।

यस्तै कार्यक्रममा बोल्दै नेपाल एथलेटिक्स संघका सचिव एवं प्राविधिक आर.के. विष्टले प्रतियोगितालाई निरन्तरतामा मात्र दिनु नभई हाफ म्याराथनलाई निरन्तरता प्रदान गर्नुले छोटो दूरीका खेलाडीहरुले प्रोत्साहान प्राप्त गर्ने महत्वपूण रहेको बताए । उनले यस प्रतियोगितालाई संघको स्विकृती प्रदान हुने र आगामी दिनमा संघको क्यालेन्डरमानै समावेश गराउने तर्फ पहल हुने बताए ।

प्रतियोगिताको पहिलो संस्करण २०७७ चैत्र महिनामा नै आयोजना भएको थियो । प्रतियोगिताको रुट गोल्फुटार बास्केटबल कोर्टबाट सुरु भई धुम्बाराही चोक, सुकेधारा, चावहिल, जयबागेश्वरी, गौशाला, रातोपुल, ज्ञानेश्वर, कमलपोखरी, हात्तीसार, जयनेपाल, दरवारमार्ग, केशरमहल, लैनचौर, लाजिम्पाट, पानिपोखरी, नारायणगोपाल चोक, गोल्फुटार, नारायणथान हुँदै पुन: गोल्फुटार बास्केटबल कोर्टसम्म छ ।


भिडियो
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH
यसरी दिनको तीवटा खेल खेलेर राष्ट्रिय लिग हुँदैन : KARMA TSHERING SHERPA
अहिलेका नेतृत्वमा कसरी एन्फा कब्जा गरौं भन्ने मात्र छ : UPENDRA MAN SINGH
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने