स्पेनिस ला लिगा

रियाललाई सात अंकको अग्रता

मड्रिड । रियाल मड्रिडले शनिबार अल्भेसलाई ३-० ले पराजित गर्दै स्पेनिस ला लिगाको शीर्ष स्थानमा सात अंकको अग्रता दिएको छ । 

२६ खेलमा ५७ अंकसहित रियाल शीर्ष स्थानमा यथावत छ । जुन दोस्रो स्थानको सेभिया भन्दा सात अंक बढी हो । यद्धपी सेभियाले रियाल भन्दा एक खेल कम खेलेको छ ।

रियलको जितमा मार्को एसेन्सियो, भिनिसियस जुनियर र कप्तान करिम बेन्जेमाले समान एक गोल गरे । 

६३औं मिनेटमा एसेन्सियोको गोलमा रियालले अग्रता लियो । ८०औं मिनेटमा जुनियरले रियालको अग्रता दोब्बर पारे । इन्जुरी समयको पहिलो मिनेटमा बेन्जेमाले गोल गर्दै रियालको सहज जित पक्का गरेका थिए । 

रियाल गत साता च्याम्पियन्स लिग अन्तिम १६ पहिलो लेगमा पेरिस सेन्ट जर्मन (पिएसजी) सँग निराश भएको थियो ।

त्यस्तै शनिबार सम्पन्न अर्को खेलमा एट्लेटिकोले ओसासुनालाई ३-० ले पराजित गर्दै चौथो स्थानमा उक्लिएको छ । 

एट्लेटिकोको जितमा  याओ फेलिक्स, लुइस स्वारेज र एन्जल कोरियाले समान एक गोल गरे।

चौथो स्थानमा उक्लिएको एट्लेटिकोको २५ खेलमा ४२ अंक छ ।