फ्रेन्च लिग वान

पिएसजी पराजित

पेरिस । फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) शनिबार नान्टेससँग ३-१ ले पराजित भएको छ ।

जारी सिजन लिग वानमा पिएसजीको यो दोस्रो हार हो ।

घरेलु मैदानमा नान्टेसले नेइमार, केलीयन एमबाप्पे र लियोनल मेसीजस्ता स्टार खेलाडी सम्मेलित पिएसजीलाई हराउँदै तालिकाको पाँचौ स्थानमा उक्लिएको हो ।

च्याम्पियन्स लिगको अन्तिम १६ पहिलो लेगमा गत साता रियाल मड्रिडलाई १-० ले निराश पारेको पिएसजीले लिगमा भने जित लय कायम राख्न सकेन ।

नान्टेसको जितमा रन्डाल कोलो मोनी, क्वेन्टिन मार्लीन र लुडोभिच ब्लासले समान एक गोल गरे । पीएसजीका नेइमाररले सान्त्वना गोल गरे ।

५९ औं मिनेटमा नेयमारले पेनाल्टीको अवसर खेर फाल्दा पिएसजी थप समस्यमा परेको थियो ।

२५ खेलबाट ५९ अंकसहित पिएसजी शीर्ष स्थानमा यथावत छ । समान खेल खेलेको नान्टेस ३८ अंकसहित पाँचौ स्थानमा उक्लिएको हो ।