इटालियन सिरी ‘ए

एसी मिलान हारको संघारबाट जोगियो

मिलान । एन्टे रिबिचले वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दैै गोल गरेपछि इटालियन सिरी ‘ए’ को शीर्ष टोली एसी मिलान  रेलिगेशनबाट जोगिन संघर्षरत सेलमिटानासँग हारको संघारबाट जोगिएको छ ।

एसी मिलान शनिबार सेलमिटानासँग २-२ को बराबरीमा रोकिएको हो ।

पाँचौ मिनेटमा जुनियर मेरियासको गोलमा एसी मिलानले अग्रता लिएको थियो । २९औं मिनेटमा फेडरिको बोनाज्जोलीले सेलमिटानालाई खेलमा फर्काएका थिए ।

७२औं मिनेटमा मिलान डुरिचले बललाई जाली चुमाउँदै  सेलमिटानालाई अग्रता दिलाएका थिए । त्यसको पाँच मिनेटपछि नै रिबिचले गरेको गोलमा एसी मिलान खेलमा फर्किएको थियो । रिबिच ६१औं मिनेटमा ब्राहिम डियाजको स्थानमा मैदान प्रवेश गरेका थिए ।

एसी मिलान २६ खेलमा ५६ अंकसहित शीर्ष स्थानमा यथावत छ । जुन दोस्रो स्थानको इन्टर मिलान भन्दा दुई अंक कम हो । यद्धपी एसी मिलान भन्दा इन्टर मिलानले दुई खेल बढी खेलेको छ ।
तेस्रो स्थानको नेपोलीको ५३, चौथो स्थानको युभेन्टसको ४७ र पाँचौ स्थानको एट्लान्टाको ४४ अंक रहेको छ ।